खेलकुदबुधबार, भाद्र ४, २०७१

अनिल खरेल होनहार खेलाडी

हिमालखबर

तस्वीर साभारः एसीसी

मलेशियामा सम्पन्न एसीसी यु–१६ प्रिमियर क्रिकेटमा चम्किएका १३ वर्षीय खेलाडी अनिल खरेल ‘मोष्ट प्रोमिसिङ प्लेयर’ घोषित भएका हुन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका उनी स्पीनर हुन् ।

यस्तै, नेपालका जीतेन्द्र सिंह उत्कृष्ट बलर घोषित भए । ‘बलर अफ दी टुर्नामेन्ट’ घोषित भएका सिंहले नेपाललाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

‘ब्याट्सम्यान अफ दी टुर्नामेन्ट’ र ‘प्लेयर अफ दी टुर्नामेन्ट’ को उपाधि भने मलेशियाका भिरन्दीप सिंह घोषित भए ।

४ भदौमा भएको मलेशियाविरुद्धको खेलमा भने नेपालका पवन सर्राफ ‘प्लेयर अफ दी म्याच’ चुनिए ।

मलेशियालाई ३२ रनले हराउँदै नेपालले एसीसी यु–१६ प्रिमियर क्रिकेटको उपाधि जितेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>