थप समाचारबुधबार, भाद्र ४, २०७१

शहरी सौन्दर्य बढाउँदै सरकार

हिमालखबर

काठमाडौं १० र ११ मंसीरमा आयोजना हुने सार्कको १८ औं शिखर सम्मेलनको तयारीको सिलसिलामा शहरी सौन्दर्य र हरियाली कायम गर्न सरसफाइ तथा नगर सजावट समिति क्रियाशील भएको हो ।

उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा गठित समितिले नगरको सौन्दर्य प्रवद्र्धनका लागि काम थालेको हो ।

सार्क सम्मेलनलाई दृष्टिगत गरी समितिले माइतीघर–तीनकुने, लैनचौर, नारायणगोपाल चोक, डिल्लीबजार शीतलनिवास, जावलाखेल, पाटन हस्पिटल, कमलपोखरी, मैतीदेवी चोक, नयाँ नारायणचौर बगैँचासम्म पहिलो चरणमा हरियाली विस्तार तथा सरसफाइ गरिरहेको छ ।

सम्मेलनस्थल राष्ट्रिय सभागृहको मर्मतसम्भार एवम् रङरोगन पनि द्रुतगतिमा भइरहेको समितिले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>