खेलकुदबुधबार, भाद्र ४, २०७१
यु–१६ खेलाडीलाई जनही २० हजार
नेपाल क्रिकेट सङ्घ (क्यान) ले उपाधि दिलाउने टीमका सदस्यलाई पुरस्कार दिने घोषणा गरेको छ । मलेशियालाई हराउँदै एसीसी यु–१६ प्रिमियर क्रिकेट उपाधि जित्ने बितिक्कै ४ भदौमा क्यानले पुरस्कारको घोषणा गरेको हो ।
प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गरेको भन्दै टोलीका सदस्यलाई जनही रु.२० हजार दिइने क्यानले जनाएको छ ।
एसीसी यु–१६ प्रिमियर क्रिकेट उपाधि नेपालले पहिलोपटक जितेको हो । एसीसी यु–१६ इलाइट कप क्रिकेटको नाममा सन् २०१० र २०१२ मा आयोजना भएको प्रतियोगितामा नेपाल उपविजेता मात्र बनेको थियो ।
एसियाली क्रिकेट परिषद्ले टेस्ट नखेल्ने राष्ट्रमध्ये उमेर समूहमा उत्कृष्ट ६ टोलीबीच पहिलोपटक राउन्ड रोविनका आधारमा प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा नेपाल सहित मलेसिया, ओमन, सिङ्गापुर, बहराइन र थाइल्यान्डले प्रतिस्पर्धा गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
