थप समाचारबिहीबार, भाद्र ५, २०७१
त्रिशूलीमा ट्रक खस्दा एकको मृत्यु
पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट गाविस–१ स्थित मलेखु नजिकै त्रिशूली नदीमा ५ भदौ बिहान ट्रक खसेको हो । ट्रक नदीमा खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी आठ जना घाइते भएको प्रहरीले जनाएको छ ।
मृतकको अझैसम्म सनाखत हुन सकेको छैन । काठमाडौँबाट वीरगन्जतर्फ जाँदै गरेको ना १ ख ८१८२ नम्बरको ट्रक सडकबाट करिब २०० फिट तल त्रिशूली नदीमा खसेको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । ट्रकको आधा भाग पानी र आधा भाग जमिनमा देखिएको छ ।
दुर्घटनामा परी घाइते हुनेहरुमा पर्सा कल्याणपुरका श्रीयन्त महतो, भुवाली माझी, भरत माझी र नागेन्द्र चौधरी, पर्सा देउरानका भीमराज माझी, विनयश्वर चौधरी र नौबिसे बस्दै आएका भारतीय नागरिक साहिम रहेका छन् ।
घाइतेहरूको काठमाडौँस्थित मेगा अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये पाँच जनको अवस्था गम्भीर रहेको उद्धारमा संलग्न प्रहरीले जानकारी दिएको छ ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
