थप समाचारबिहीबार, भाद्र ५, २०७१

तीनदिने महिला सम्मेलन राजधानीमा शुरु

हिमालखबर

राजधानीमा आयोजित तीनदिने ‘राष्ट्रिय महिला सम्मेलन’को उदघाटन गर्दै राष्ट्रपति डा. रामवरण यावद । तस्वीरः देबकी बिष्ट

“मानवताका लागि महिला सशक्तिकरण : व्यवहारमा उतारौं” भन्ने सन्देशसहित ५ भदौदेखि ‘राष्ट्रिय महिला सम्मेलन’ शुरु भएको हो । सम्मेलनको राष्ट्रपति डा. रामवरण यावदले उदघाटन गरे ।

चीनको बेइजिङमा भएको संयुक्त राष्ट्रसङ्घीय चौथो महिला सम्मेलनको बीसौं वर्षगाँठको अवसरमा तीनदिने महिला सम्मेलन आयोजना गरिएको बेइजिङ पुनरावलोकनका लागि राष्ट्रिय सञ्जालकी संयोजक बन्दना राणाले जानकारी दिइन् ।

ललितपुरको स्टाफ कलेजमा तीनदिनसम्म चल्ने महिला सम्मेलनमा ७५ जिल्लाका ३०० भन्दा बढी महिला अधिकारकर्मी सहभागी छन् ।

सम्मेलनमा लामो समयदेखि महिला आन्दोलनमा योगदान पुर्‍याउने महिला अधिकारकर्मीलाई सम्मानित गरिएको छ । सम्मानित हुनेमा अंगुरबाबा जोशी, डा. मीना आचार्य र तुला राणा छन् ।

महिला सम्मेलनले नेपालको महिला आन्दोलनमा हालसम्म भएका उपलब्धि र आगामी दिनको मुद्दा र मार्गदर्शनसहितको काठमाडौँ घोषणापत्र सार्वजनिक गर्ने सञ्जालकी संयोजक राणाले जानकारी दिइन् ।

देबकी बिष्ट, ललितपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>