Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
घरेलु कामदार पठाउन मलेशियाको प्रस्ताव - Himalkhabar.com

अर्थ/बजारबिहीबार, भाद्र ५, २०७१

घरेलु कामदार पठाउन मलेशियाको प्रस्ताव

हिमालखबर

तस्वीरः रासस

मलेशियाका मानव संशाधनमन्त्री दातुक रिचार्ड रियट जइमले घरेलु कामदार पठाउन प्रस्ताव गरेको हो । नेपाल भ्रमणमा रहेका मलेशियाका मानव संशाधनमन्त्री जइमले ५ भदौमा श्रम राज्यमन्त्री टेकबहादुर गुरुङसँग भेटेर घरेलु कामदार लैजाने वातावरण निर्माण गर्न आग्रह गरेका छन् ।

जइमको प्रस्तावपछि नेपालले घरेलु कामदार पठाउने विषयमा समझदारीपत्र (एमओयू)को मस्यौदा बनाउन कार्यदल गठन गरिने श्रम राज्यमन्त्री गुरुङले जानकारी दिए । उनका अनुसार घरेलु कामदार र सामान्य कामदार लैजाने विषयमा एमओयूको मस्यौदा बनाउन श्रम मन्त्रालयका सहसचिवको नेतृत्वमा कार्यदल गठन गरिने छ ।

कार्यदलले दुई महीनाभित्र एमओयू तयार पार्ने उनले जानकारी दिए । मलेशियाले अरु देशसँग पनि घरेलु कामदार ल्याउने सम्झौता गरेकाले कार्यदलले त्यसबारे पनि अध्ययन गर्नेछ ।

गुरुङले भने, “कार्यदलले घरेलु कामदार पठाउने विषयमा अझै गहन गरेपछि मात्र हस्ताक्षर हुने छ ।”

मलेसियाका मानव संसाधनमन्त्री जइमसँग नेपाली पक्षले नेपाली कामदारलाई मलेशियामा जाँदा लाग्ने दस्तुर कम गर्न पनि आग्रह गरेको छ । बायोमेट्रिक प्रणाली लागू गर्दा नेपाली कामदारलाई थप आर्थिक भार पर्ने भएकाले त्यसबारे पुनःविचार गर्न आग्रह गरिएको मन्त्री गुरुङले जानकारी दिए ।

नौ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ४ भदौमा नेपाल आएका मन्त्री जइम ५ भदौमा मलेशिया फर्किने छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>