थप समाचारबिहीबार, भाद्र ५, २०७१
‘ब्राण्ड नेम’ चोरी भएको रिद्धि सिद्धि ज्वेलर्सको आरोप
–दीपेन्द्र सापकोटा, काठमाडौं

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा रिद्धि सिद्धि ज्वेलर्सका प्रमुख कार्यकारी अधिकृत नरेन्द्रकुमार गुप्ता । तस्वीर सौजन्यः रिपोर्टर्स क्लब
गहनाको व्यापार गर्दै आएको राजधानीको विशालबजारस्थित रिद्धि सिद्धि ज्वेलर्सले आफ्नो ‘ब्राण्ड नेम’ चोरी गरी उपभोक्ता ठग्ने काम भइरहेको आरोप लगाएको छ । राजधानीमा ५ भदौमा पत्रकार सम्मेलन गरेर रिद्धि सिद्धि ज्वेलर्सका प्रमुख कार्यकारी अधिकृत नरेन्द्रकुमार गुप्ताले आफ्नै ब्राण्डको नाम नक्कल गरेर जनकपुरमा पनि गहना पसल खोलिएको दावी गरे ।
“हाम्रै ब्राण्डको नाममा जनकपुरको पुरानोबजारमा पनि गहना पसल सचालन भइरहेको छ,” उनले भने, “हाम्रो ब्राण्डको नाम नक्कल गरेर उपभोक्ता ठग्ने र हाम्रो विश्वासनीयता घटाउने काम भइहरेको छ ।”
उनले रिद्धि सिद्धिको राजधानीभन्दा बाहिर शाखा नै नभएको बताए । तर, प्रशासनले आफ्नै ब्राण्डको नाममा अरुलाई पनि अनुमति दिएको उनको आरोप छ ।
उनले भने, “हाम्रो ब्राण्डको नक्कल गरेर व्यवसाय चलाउनेलाई कानुन अनुसार कारबाही होस् ।” आफूहरुले वि.सं. २०५३ देखि रिद्धि सिद्धि ज्वेलर्स सञ्चालन गर्दै आएको उनको दावी छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
