थप समाचारशुक्रबार, भाद्र ६, २०७१
एकैजनाबाट साढे तीन करोडको सुन बरामद
चीनको खासाबाट अवैधरूपमा नेपाल भित्र्याउन लागेको आठ किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका हुन् । तातोपानी भन्सार ढोकामा ६ भदौ बिहान सुनसहित ३१ वर्षीय चिनियाँ नागरिक साम्तेन दोर्जेलाई पक्राउ गरेको तातोपानी भन्सारका निमित्त प्रमुख दयानन्द केसीले जानकारी दिए ।
अवैध सुन शरीरका विभिन्न भागमा लुकाइ ल्याएको अवस्थामा भन्सारका कर्मचारी र भन्सार राजस्व गस्तीको संयुक्त टोलीले दोर्जेलाई पक्राउ गरेको हो । बरामद गरिएको सुनको मूल्य रु.३ करोड ६० लाख रहेको भन्सार कार्यालयले जनाएको छ ।
मंसीर २०७० देखि अहिलेसम्म तातोपानी नाका भएर नेपाल भित्र्याउन लागिएको ७१ किलो अवैध सुन तातोपानी भन्सारले बरामद गरेको छ ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
