थप समाचारशुक्रबार, भाद्र ६, २०७१

‘चरी’को शव बुझ्न परिवार सहमत

हिमालखबर

प्रहरीको गोलीबाट मारिएका दिनेश अधिकारी ‘चरी’को शव बुझ्न तयार रहेको उनका दाजु ध्रुव अधिकारीले जानकारी दिएका छन् । उनले जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी परिसर हनुमानढोकामा उजुरी दर्ता नभएको र सर्वोच्च अदालतले ६ भदौमा दर्ता नलिनाको कारण देखाऊ आदेश जारी गरेकाले शव बुझ्न तयार रहेको बताए ।

भीमढुङ्गामा ‘चरी’को शव । तस्वीरः देबकी बिष्ट

२१ साउनमा मारिएका ‘चरी’ घटनाको निष्पक्ष छानबिनको माग राख्दै उनको परिवारले शव बुझेका थिएनन् । उनका दाजुले ७ भदौमा ‘चरी’को दाहसंस्कार गरिने पनि जानकारी दिए ।

‘चरी’को शव महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>