थप समाचारशनिबार, भाद्र ७, २०७१
सुदूरका आठ विमानस्थल अझै बन्द
सशस्त्र हिंसाका बेला बन्द भएका विमानस्थल सञ्चालनका लागि सरकारले प्रयास नगर्दा यात्रुहरु मर्कामा परेका छन् । पर्यटन र स्वास्थ्यमा प्रत्यक्ष असर पुगेको छ ।
सुदूरका विमानस्थलमध्ये कैलालीको धनगढी र बाजुराको कोल्टी विमानस्थल मात्र सञ्चालनमा छन् भने अन्य आठ विमानस्थल बन्द छन् ।
दार्चुलाको गोकुलेश्वर, सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम रहेको डोटीको दिपायल, अछामको साँफेबगर, कमलबजार, बझाङको चैनपुर, बैतडीको पाटन, कञ्चनपुरको महेन्द्रनगर र कैलालीको टीकापुर विमानस्थल बन्द अवस्थामा छन् ।
सञ्चालनमा रहेको बाजुराको कोल्टी विमानस्थलमा हवाई सेवा नियमित हुन सकेकोे छैन ।
नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयले बन्द विमानस्थल अवतरणका लागि योग्य भए पनि नेपाल वायुसेवा निगमले सेवा नदिएपछि अन्य विमान कम्पनीले पनि जहाज नउडाएको जनाएको छ ।
सुदूरपश्चिममा सहज हवाई यातायात सुविधा नहुँदा पर्यटन क्षेत्रको विकास हुन नसकेको पर्यटन पत्रकार सङ्घ सुदूरपश्चिम शाखा अध्यक्ष टेकबहादुर चन्दले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
