अर्थ/बजारशनिबार, भाद्र ७, २०७१

सुरुङ मार्गका लागि क्यानडाली कम्पनीसँग सम्झौता

हिमालखबर

काठमाडाौं–हेटौंडा सुरुङ मार्ग निर्माणका लागि नेपाल पूर्वाधार विकास कम्पनीका तर्फबाट अध्यक्ष कुशकुमार जोशी र इन्फ्राब्याङ्कस कर्पोरेसन, सेज ग्लोबल क्यानडा र ग्लोबल फाइनान्सियल एसोसिएटस् क्यानडाका प्रतिनिधिबीच ७ भदौमा आयोजित कार्यक्रममा करिब रु २७ अर्ब बराबरको ऋण लिनेदिने सम्झौता भएको हो । उक्त ऋण आगामी १५ वर्षभित्र तिर्ने सहमति भएको छ ।

विकास कम्पनीका अध्यक्ष जोशीका अनुसार नेपाली कम्पनीले साढे आठ वर्र्षभित्र नै लिइएको ऋण तिर्ने लक्ष्य रहेको बताए । आयोजना ८० प्रतिशत ऋण र २० प्रतिशत नेपाली लगानीकर्ताबाट उठेको रकमबाट आयोजना सम्पन्न गर्ने लक्ष्य छ ।

ग्लोबल फाइनान्सियल एसोसिएट्स क्यानडाका अध्यक्ष साम बाउ जीले नेपालमा लगानी गर्न पाउनु सुखद रहेको बताउँदै आगामी दिनमा थप क्षेत्रमा लगानी गरिने जानकारी दिए ।

जोशीका अनुसार सम्झौतापछि सरकारी कागजात तयार पार्न, वातावरणीय प्रभाव मूल्याङ्कनलगायत काम सल्टाउन तीन महिना लाग्ने र अर्को तीन महिनामा निर्माण शुरु गरिनेछ ।

काम शुरु गरेको तीन वर्र्षभित्र आयोजना पूरा हुने अध्यक्ष जोशीको विश्वास छ । कुल ५८ किमि लामो उक्त सुरुङबाट हेटौंडा पुग्न ६० किमि प्रतिघन्टाको दरले सावारीसाधन चलाए मात्रै पनि एक घन्टाभन्दा बढी समय नलाग्ने कम्पनीको जिकिर छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>