थप समाचारशनिबार, भाद्र ७, २०७१
१०५ किलो चरेशसहित दुई पक्राउ
जिल्ला प्रहरी कार्यालयबाट खटेको अपराध नियन्त्रण विशेष टोलीले ६साउन राती साढे आठ बजे वीरगञ्ज .१९ नगवा पोखरी नजिकको बाइपास सडकबाट बा २ ख ३०६८ नम्बरको ट्रकमा जाँच गर्दा १०५ किलोे चरेश बरामद गरेको छ ।
मकवानपुरबाट भारत लैजान ट्रकमा चरेश ल्याउंदै गरिएको सूचना पाएको प्रहरीले ट्रकको पछाडिको भागमा फल्स बटम बनाई लुकाएर भारततर्फ लग्दै गरेको अवस्थामा चरेश बरामद गरेको हो ।
७ भदौ दिउँसो पत्रकार सम्मेलन गरेर मकवानपुर डाडाखर्क ७ बस्ने २३ वर्षीय चालक सूर्य बहादुर घलान र १८ वर्षीय सहचालक पदम बहादुर घलानलाई चरेशसहित जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरेको थियाे ।
बिम्मी शर्मा, वीरगञ्ज
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
