Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
एमाले फर्कंदा सन्तुष्टि मिल्योः विजय सुब्बा - Himalkhabar.com

अन्तर्वार्ता/विचारआइतबार, भाद्र ८, २०७१

एमाले फर्कंदा सन्तुष्टि मिल्योः विजय सुब्बा

हिमालखबर

२९ साउनमा संघीय समाजवादी पार्टी त्यागेर नेकपा एमालेमा फर्केका विजय सुब्बासँग गरिएको कुराकानीः

अहिले नै एमाले फर्किनुको कारण के हो ?

भइरहेका भन्दा जुझाारु, मुद्दामा स्पष्ट र पारदर्शी पार्टी बनाउने उद्देश्य पूरा भएन । नयाँ पार्टीमा जातिवादीको आरोप लगाएर एक्लो पारियो । फरक मत राखेर बस्ने भए एमालेमै फर्कनु उचित हुने ठानेर फर्केको हुँ । संघीय गठन गर्नुभन्दा पहिले जति जनजातिहरूबाट रेस्पोन्स पनि आएन ।

मुद्दामा सहमति भएर भन्दा पनि संघीय समाजवादीबाट थाकेर एमालेमा प्रवेश गरेजस्तो देखियो नि ?

थाकेर त नभनौं । तर २० महीना संघीयको उपाध्यक्ष हुँदा मैले कहिल्यै आनन्द अनुभूत गर्न सकिनँ । बरु एमालेमै फर्केपछि सन्तुष्टि मिल्यो । एमालेको सकारात्मक पक्ष भनेको यसले समय अनुसार मुद्दा क्यास गर्न सक्दछ । नवौं महाधिवेशनबाट पनि मधेशी, जनजाति र महिलालाई ल्याइएको छ ।

तपाईंहरुले पहिले उठाएका मुद्दा अब राजनीतिको केन्द्रमा आउलान् कि नआउलान् ?

एकल पहिचान सहितको मुद्दा संघीय समाजवादीले बोलेको मात्रै हो । बहुल पहिचान र एकल पहिचानबीच त्यत्रो भिन्नता पनि छैन । समावेशी लोकतन्त्र चाहिएको हो । नाम जे राखे पनि सबैलाई चाहिएको अधिकार हो । तसर्थ प्रदेशको नामको पछाडि लाग्नुहुँदैन ।

एमालेमा आफ्नो भविष्य कस्तो देख्नुहुन्छ ?

पार्टी प्रवेश गर्नुअघि एमाले नेताहरूसँग पहिलाकै जिम्मेवारीमा व्यवस्थापन गर्ने कुरा भएको छ । अरुले आरोप लगाए जसरी अवसर वा लाभको कुरा भएको हैन । मेरा लागि नवौं महाविधेशनको रेल भने छुटेकै हो ।

संघीय समाजवादीको भविष्य कस्तो देख्नुहुन्छ ?

मैले छाडेर आए पनि त्यो पार्टीको भविष्य उज्ज्वल रहोस् भन्ने चाहन्छु । तर, म त्यहाँ हुँदा जस्तै हुने हो भने त्यसको भविष्य छैन ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>