रमझमआइतबार, भाद्र ८, २०७१
अनुशील र सुनिताको ‘आरोही’
हङकङमा बस्दै आएकी गायिका सुनिता प्रधान लिम्बूको पहिलो एकल अल्बम ‘आरोही’ स्रोता माझ आएको छ । ६ वटा गीत संग्रहित अल्बमका सबै गीतहरु अनुशीलले लेखेका हुन् ।
राजधानीको सीटी म्युजियममा ७ भदौमा आयोजित कार्यक्रममा गायिकाहरु ज्ञानु राणा, कुन्ति मोक्तान, संगीता राना प्रधान, सुक्मित गुरुङ, लोचन भट्टराई, सुनिता सुब्बा र मनिला सोताङले संयुक्त रुपमा ‘आरोही’ को लोकार्पण गरे ।
कार्यक्रममा बोल्दै गायक तथा संगीतकार दीप श्रेष्ठले ‘आरोही’ अल्बममा रहेका ६ वटै गीतहरुमा फरक–फरक शैलीको संगीत रहेको भन्दै अनुशील र सुनिताको कामको प्रशंसा गरे । उनले भने, “राम्रो शब्दले गीतलाई शक्तिशाली बनाउने हो, यो अल्बममा शब्दहरु साह्रै मिठा छन् ।”
अल्बमको समिक्षा गर्दै गायिका लोचन भट्टराईले सुनिताको स्वरमा नयाँपन भएको बताइन् ।
संगीतकार राजु सिंहले ‘आरोही’ अल्बमबाट नेपाली संगीत जगतले एउटा राम्रो गीतकार र राम्रो स्वर पाएको बताए ।
‘आरोही’मा राजु सिंह, सचिन सिंह, आलोकश्री, हरि लम्साल, कल्याण सिंह र कमल खत्रीकोे संगीत छ । अल्बमलाई सान्ताना रेकर्डले स्रोतामाझ ल्याएको अल्वममा पप, आधुनिक, र लोक–आधुनिक गीत समावेश छन् ।
हिमाल खबरपत्रिकामा समाचार संयोजक समेत रहेका डम्बरकृष्ण श्रेष्ठले ‘अनुशील’ नामबाट गीत–रचना गर्न थालेको डेढ दशक भइसकेको छ । ‘आरोही’ अनुशीलको मात्रै शब्द रचना भएको पहिलो अल्बम हो ।
अल्बममा रहेका दुई गीतहरुको म्युजिक भिडियो समेत बनिसकेको छ ।
ऋषिराम कट्टेल
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
