Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
जहाज दुर्घटनाः चार बर्षमा ११३ मृत्यु - Himalkhabar.com

रिपोर्टशुक्रबार, आश्विन १२, २०६९

जहाज दुर्घटनाः चार बर्षमा ११३ मृत्यु

हिमालखबर

लुक्ला उड्ने क्रममा काठमाडौं विमानस्थल नजिक मनहोरा खोला किनारमा दुर्घटनाग्रस्त सीता एयरको जहाज । तस्बीरः विक्रम राई/हिमालखबर

१२ असोज बिहान सबेरै काठमाडौंबाट लुक्ला जानलागेको सीता एयरको डोर्नियर २२८ विमान उडेको केही मिनेटमै भक्तपुर मनहरा नदी किनारमा खस्यो । विमानमा रहेका सबै १६ यात्रु र तीन चालक दल सदस्य मारिए । धेरैजसो यात्रु सगरमाथा आधार शिविरको पदयात्राका लागि हिंडेका थिए, जसमा सात बेलायती, पाँच चिनियाँ र चालकदलका सदस्यसहित बाँकी नेपाली नागरिक भएका थाहा भएको छ ।

त्रिभुवन विमानस्थल एयर ट्राफिक कन्ट्रोल स्रोतका अनुसार एउटा इन्जिनमा चरा ठोक्किएको रिपोर्ट गरेका चालकले एउटा मात्र इन्जिनको सहयोगमा विमानलाई अवतरणका लागि फर्काउन लागेका थिए । आधा मोडिसकेपछि चालकले मनोहरा नदी किनारमै अवतरण गराउन खोजेको देखियो ।

प्रत्यक्षदर्शीहरूको भनाइमा विमानमा खस्ने बित्तिकै आगो लागेको थिएन । तुरुन्तै घटनास्थल पुगेका स्थानीय बासिन्दाहरूले विमानभित्र यात्रुहरू चिच्याएको सुनेका थिए । तर, केही समयमै विमानको इन्धन ट्यांकीमा आगो सल्कियो । दमकलहरूलाई आगो निभाउन झण्डै ४० मिनेट लागेको थियो । त्यतिञ्जेलमा विमानभित्रका सबैजना मरिसकेका थिए ।

पछिल्लो चार वर्षमा नेपालमा भएका आठ हवाइ दुर्घटनामा मर्नेहरूको संख्या ११३ पुगेको छ । पहिलेका धेरैजसो दुर्घटना विमान बादलभित्र छिरेका बेला चालकको अन्यौलले पहाडमा ठोक्किएर भएको विश्वास गरिएको बेला शुक्रवारको दुर्घटना चालकले उडेको केही क्षणमै अवतरणका लागि फर्काउन लाग्दा विमानमा आएको प्राविधिक समस्याले गर्दा भएको देखिन्छ । नेपाली सेनाका सैनिकहरूले घटनास्थलमा ‘ब्ल्याक बक्स’ फेलापारेका छन् ।

दुर्घटनाको केही समयपछि उडेको अर्को विमानका चालकले धावन मार्गमा मृत चरा देखेको बताएका छन् । यो तथ्यबाट उडान भर्ने क्रममा विमानमा चरा ठोक्किएर नियन्त्रण प्रणालीमा क्षति पुगेको हुनसक्ने अनुमानलाई बल मिलेको छ । सीता एयरका दुइ वटा डोर्नियर २२८ ले लुक्ला, सुर्खेत, सिमिकोट र जुम्ला उडान भर्ने गरेका थिए ।

यसअघि १ जेठमा २१ यात्रु र चालकदल सदस्यसहित पोखराबाट उडेको अग्नि एयरको अर्को डोर्नियर २२८ जोमसोम विमानस्थल नजिकै पहाडमा ठोक्किएर दुर्घटना भएको थियो । उक्त हवाइ दुर्घटनाको छानबिनले ल्याण्डिङ गियरमा गडबडीको संकेतबाट आत्तिएर चालकदलले विमान पोखरा फर्काउन लागेको बेला दुर्घटना भएको देखाएको थियो । विमानका अवशेषहरू अहिले पनि जोमसोम धावनमार्गदेखि पश्चिमपट्टिको पहाडमै देखिन्छन् । दुर्घटनामा दुइ चालक र १३ भारतीय यात्रीले ज्यान गुमाएका थिए । बाँचेकाहरूमा उडान परिचारिका, दुइ डेनिश पदयात्री, दुइ भारतीय बालिका र तिनका आफन्त थिए । उनीहरू सबै विमानको पछिल्लो भागमा बसेका थिए ।

१ कात्तिक २०६८ मा नेपालगञ्जबाट राती काठमाडौं उडेको एउटा सैनिक उद्धार विमान ढोरपाटन नजिक पहाडमा ठोक्किंदा ६ जनाको मृत्यु भएको थियो । त्यसको एक महिनाअघि ८ असोजमा हिमालको दृश्यावलोकन गरेर फर्केको बुद्ध एयरको जहाज काठमाडौं नजिकैको डाँडामा ठोक्किएर दुर्घटना हुँदा विमानभित्रका सबै १९ जनाको ज्यान गएको थियो, जसमध्ये अधिकांश भारतीय यात्रु थिए । यसअघि २९ मंसिर २०६७ मा लामिडाँडाबाट उडेको टि्वनअटर विमान पहाडमा ठोक्किएर झर्दा  चालकदलका सदस्य र यात्रु गरी २२ जना, जसमा अधिकांश भुटानी तीर्थयात्री थिए, को मृत्यु भएको थियो ।

८ भदौ २०६७ मा लुक्ला उडेको अग्नि एयरको डोर्नियर २२८ काठमाडौंमा फर्केर अवतरण गर्न लाग्दा खराब मौसम र जेनरेटरको विफलताको कारण मकवानपुरको शिखरपुरमा दुर्घटनामा पर्‍यो, जसमा १४ जनाले ज्यान गुमाएका थिए । २२ असोज २०६५ मा यती एयरलाइन्सको टि्वन अटर विमान १८ यात्रुको ज्यान लिंदै लुक्लाको धावनमार्ग छेवैमा दुर्घटना भएको थियो । अधिकांश जर्मन पर्यटकहरू मारिएका यो दुर्घटनामा एक सह-चालक बाँचेका थिए ।

हवाइ दुर्घटनाहरूको यो श्रृंखलाले नेपाललाई हवाइ सुरक्षाको दृष्टिले झन् असुरक्षित भएको सन्देश दिएको छ । मारिनेहरूमा धेरै विदेशीहरू भएकाले यसले पर्यटनमा पनि नकारात्मक प्रभाव पार्न सक्दछ । यो पछिल्लो दुइ वर्षा भएको पाँचौं विमान दर्ुघटना हो । यसमा अझै चार वटा हेलिकप्टर दुर्घटनाको गणना गरिएको छैन, जसमध्ये केहीमा मानवीय क्षति समेत भएको थियो ।

अब फेरि सरकारले एउटा हवाइ दुर्घटना छानबिन समिति बनाउनेछ, जसको रिपोर्ट पनि धुलो जमेर थन्किने निश्चित छ । शुक्रवारको सीता एयर दुर्घटना र त्यसअघिको अग्नि एयर दुर्घटनामा प्राविधिक पक्ष जिम्मेवार रहेको देखिएको छ भने नेपालका अधिकांश दुर्घटना बादल लागेको मौसममा पहाडी क्षेत्रमा उडान भर्दा चालकहरूमा देखिने अन्यौलको कारणले भएका छन् ।

सरकारको कमजोर कानूनी व्यवस्था र निरीक्षण तथा एयरलाइन्सहरूको मर्मतसम्भारमा हेलचेक्रर्याईंका प्रश्नहरू पनि उठ्ने नै छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>