थप समाचारसोमबार, भाद्र ९, २०७१
फेवाताल किनारको रेष्टुरेन्ट पुरिंदा तीनको मृत्यु, एक बेपत्ता (अपडेट)
–माधव बराल, पोखरा
पोखराको फेवाताल किनारमा रहेको टिपिकल रेष्टुरेन्ट पहिरोले पुरिंदा तीन जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता छन् । कास्कीको पुम्दीभुम्दी गाविस—१ अनदुस्थित फेवाकिनारमा रहेको रेष्टुरेन्ट ८ भदौ राति पहिरो आएको पहिरोले पुरिएको हो ।
पहिरोमा परी रेष्टुरेन्टमा कार्यरत ओखलढुंगा गामलङटारका २२ वर्षीय प्रकाश मगर, धादिङ कल्लेरीका २२ वर्षीय राम मगर र सिन्धुली आङसाङ घर भएका २२ वर्षीय मोहन मगरको मृत्यु भएको छ । उद्दार टोलीले उनीहरुको शव फेला पारेको कास्कीका प्रहरी प्रमुख एसपी बसन्तकुमार लामाले जानकारी दिए ।
पहिरोले रेष्टुरेन्ट पुरिंदा बेपत्ता रामेछाप सैबु–६ का १८ वर्षीय भुवन मगरको भने शव फेला परेको छैन । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले अझै पनि खोजि कार्य जारी राखेको एसपी लामाले बताए ।
९ भदौ बिहान मात्र घटनाबारे थाहा पाएपछि उद्दार टोली घटनास्थलमा पुगेको थियो । खोल्साबाट बगेर आएको ढुंगामुढा सहितको भेलले रेष्टुरेन्ट पुरेको हो ।
रेष्टुरेन्टमा पहिरो आएको राति भने कोही पाहुना थिएनन् । रामेछाप सैवु–६ का गोकुल मगरले नौ वर्षदेखि चारकोठाको लज सहितको रेष्टरेन्ट संचालन गर्दै आएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
