थप समाचारसोमबार, भाद्र ९, २०७१
चार किलो सुनसहित पक्राउ
इलाका प्रहरी कार्यालय बाह्रबिसेले चार किलो अवैध सुनसहित एक जनालाई पक्राउ गरेको हो । चीनको खासाबाट काठमाडौं लैजान लागेको सुन बाह्रबिसेमा ९ भदौमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
कम्मर र हातेझोलमा लुकाइछिपाई लैजान लागेको अवस्थामा सुराकीका आधारमा मनाङ जिल्ला घ्यारु गाविस–४ का दोर्जे गुरुङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक भरतबहादुर बोहोराले जानकारी दिए ।
१० महीनाभित्र तातोपानी नाकामा अवैध रुपमा काठमाडौं ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको सुनको परिमाण ५७ किलो रहेको प्रहरीको भनाइ छ ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
