खेलकुदमंगलबार, भाद्र १०, २०७१

यु–१६ खेलाडीलाई दाङमा सम्मान

हिमालखबर

एसीसी यू–१६ प्रिमियर क्रिकेट प्रतियोगितामा नेपाललाई पहिलो पटक उपाधि दिलाउने टोलीका खेलाडी दाङ घोराहीका सुशान्तसिंह थापा र दुई वर्ष अघि भएको यु–१६ मा नेपाललाई उपबिजेता बनाउने टोलीका अनुप न्यौपानेलाई घोराहीमा विशेष अभिनन्दन गरिएको छ ।

उनीहरुलाई ९ भदौमा अबिर, फूलमाला, बाजागाजासहित बजार परिक्रमा गराई तुलसीपुर चोकमा पुगेर विशेष सम्मान गरिएको हो ।

युनाईटेड नयाँ बजार क्लव (युएनबिसी) र दाङ युवा मञ्चले बाजागाजा सहित घोराही बजार परिक्रमा गराएर सुशान्त सिँह र अनुप न्यौपानेलाई अभिनन्दन गरेको हो ।

सुशान्त र अनुप युनएनबिसीमा आबद्ध खेलाडी हुन् ।

देविका घर्ती मगर, दाङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>