Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
खुश्बु मिश्र ‘मिस नेपाल युएसए–२०१४’ - Himalkhabar.com

रमझममंगलबार, भाद्र १०, २०७१

खुश्बु मिश्र ‘मिस नेपाल युएसए–२०१४’

हिमालखबर

तस्वीर: ङिमा पाख्रिन

अमेरिकी राज्य ओहियोमा बस्ने खुश्बु मिश्रले १४ जना प्रतिस्पर्धीलाइ उछिन्दै ‘मिस नेपाल युएसए २०१४’ को उपाधिसँगै ५ हजार अमेरिकी डलर र नेपाल जाने दुईतर्फी हवाइ टिकट प्राप्त गरिन् ।

क्यालिफोर्नियाकी सुष्मा शर्मा फस्ट रनर अप र म्यासाचुसेट्सकी सुष्मा अधिकारीले सेकेण्ड रनर अप को उपाधि जित्न सफल भए । उनिहरुले क्रमशः ३ हजार र २ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् ।

इप्लानेट नेपालले अमेरिकाको इभेन्ट प्लानेट इन्कको सहकार्यमा गरेको प्रतियोगिता मिस नेपाल युएसएको चौथो संस्करणको अन्तिम प्रतिस्पर्धा स्थानीय समयअनुसार सोमबार बिहान २ बजे अमेरिकाको न्युयोर्कस्थित क्विनस थिएटरमा सम्पन्न भएको थियो ।

निर्णायक मण्डलमा मोडल मेटी मार्टिनेज, डा. उपेन्द्रलाल कर्ण, गिता खत्री, सन्नी गिल र सोनम लामा थिए ।

कार्यक्रम पूर्व मिस नेपाल मलिना जोशीले संचालन गरेकी थिइन् ।

एनआरएन अध्यक्ष शेष घले विशिष्ट अतिथि तथा अमेरिकाका लागि नेपाली राजदुत दुर्गा प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सेभेन समिट वुमन एक्सपिडिसनका सात आरोही महिला पनि सहभागी थिए ।


ङिमा पाख्रिन , न्युयोर्क

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>