थप समाचारबुधबार, भाद्र ११, २०७१

हराएका राहदानीको विवरण इन्टरपोलको वेबसाइटमा

हिमालखबर

हराएका भनिएका राहदानीको दुरूपयोग हुने तथा एकै व्यक्तिले विवरण पेश गर्दा झुक्याएर गलत मनसायका साथ फरक–फरक राहदानी लिनसक्ने सम्भावनालाई घटाउन इन्टरपोलको साइट चोरिएका तथा हराएका कागजात (स्टोलन एण्ड लस्ट ट्राभल डकुमेन्टस्)मा १० भदौमा समावेश गरिएको विभागका महानिर्देशक रमेशप्रसाद खनालले जानकारी दिए ।

गलत मनसायले राहदानी बनाउने र उपयोग गर्नेलाई दुरुत्साहन गर्न हराएका राहदानीको विवरण नेपाल प्रहरीमार्फत इन्टरपोलको वेबसाइटमा राखिएको उनले बताए ।

महानिर्देशक खनालका अनुसार हराएका राहदानीको विवरण देशका सबै जिल्ला प्रशासन कार्यालय, विदेशस्थित नेपाली नियोग र उक्त विभागबाट द्रूत सेवामा सङ्कलित तथ्याङ्कका आधारमा नेपाल प्रहरीको इन्टरपोल शाखालाई साप्ताहिक रूपमासमेत उपलब्ध गराइनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>