थप समाचारबुधबार, भाद्र ११, २०७१

तीज बनाउन माइत हिँडेकी श्रीमतीको बाटोमै हत्या

हिमालखबर

रुकुम गरायलाकी २७ बर्षीया विमला ओलीलाई उनका श्रीमान ३५ वर्षीय प्रजित ओलीले गरायला–४ मौराखाराको जंगलमा घाटी थिचेर हत्या गरि श्रीमतीलाई भीरमा खसालेको जिल्ला प्रहरीले कार्यालय रुकुमले जनाएको छ ।

घरबाट श्रीमती र छोरासँगै ससुरालीतर्फ हिंडेका ओलीले श्रीमती विमलालाई जंगलको चौतारीमा घाँटी थिचेर हत्या गरी भीरबाट खसालेको प्रहरीसमक्ष स्वीकार गरेका छन् ।

श्रीमतीको हत्यापछि सँगै रहेका तीन वर्षीय छोरालाई घर पु¥याएर फरार रहेका प्रजितलाई इलाका प्रहरी कार्यालय चौरजहारी र प्रहरीचौकी पूर्तिमकाँडाको टोलीले पक्राउ गरेको थियो ।

बिमलाको शव भीरमा अड्किएको र निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
लक्ष्मण केसी, रुकुम

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>