खेलकुदबिहीबार, भाद्र १२, २०७१

तेक्वान्दो खेलाडी कोरिया प्रस्थान: एशियाडको तयारी

हिमालखबर

आगामी ३ असोजदेखि १८ असोजसम्म सञ्चालन हुने एशियाली खेलकुद प्रतियोगिताको तयारीका लागि ६ पुरुष तथा ६ महिला खेलाडी गरी १२ खेलाडी वैदेशिक प्रशिक्षणमा सहभागी हुन कोरिया गएका छन् ।

११ भदौमा टोलीलाई सफलताको शुभकामना दिँदै युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल, राष्ट्रिय खेलकुद् परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पालगायतले बिदाइ गरे ।

पुरुषको ५४ केजीमुनि अरुण अधिकारी, ५८ केजीमुनि रञ्जन श्रेष्ठ, ६३ केजीमुनि सुजन जोशी, ६८ केजीमुनि महम्मद वेश, ७४ केजीमुनि सक्षम कार्की र ८० केजीमुनि दानबहादुर ऐरी रहेका छन् ।

त्यस्तै महिलातर्फ ४९ केजीमा यानकुमारी चौलागाईं, ५३ केजीमुनि निमा गुरुङ, ५७ केजीमुनि ज्ञानी चुनारा, ६२ केजीमुनि मनीता शाही, ६७ केजीमुनि आयशा शाक्य र ७३ केजीमाथि निशा रावल छन् ।

उक्त प्रतियोगितामा मनीता र आयशाले मात्र एसियाली खेलकुदमा पदक जितेका छन् । दुवैले सन् २००६ मा कतारको दोहामा भएको १५ औं संस्करणको एशियाडमा कांस्यपदक जितेका थिए ।

एशियाली खेलकुदमा नेपाललाई सबैभन्दा बढी पदक दिलाउने खेल पनि तेक्वान्दो नै हो । यसअघि भएको विभिन्न संस्करणमा तेक्वान्दोले १ रजत र १३ कांस्यपदक दिलाइसकेको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>