Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पहिरोको उच्च जोखिममा भुजुङ्गे गाउँ - Himalkhabar.com

थप समाचारबिहीबार, भाद्र १२, २०७१

पहिरोको उच्च जोखिममा भुजुङ्गे गाउँ

हिमालखबर

-प्रेमनारायण आचार्य, अर्घाखाँची

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९ खाँचीकोट भुजुङ्गेमा जमिन भासिएपछि पहिरोको जोखिम बढेको हो । दलित समुदायको बस्ति रहेको भुजुङ्गेमा वर्षासँगै जमिन भासिन थालेपछि त्रास बढेको छ ।

तस्वीरः प्रेमनारायण आचार्य

स्थानीय डम्बरबहादुर नेपालले जुनै पनि बेला पहिरो जाने खतरा रहे पनि प्रशासनले कुनै चासो नदिएको बताए । “ठूलो पानी पर्ने डरले रातभर जाग्राम बस्ने गरेका छौं,” उलने भने, “मनमा शान्ति छैन, डर मात्रै छ ।”

जमिन भासिएपछि अधिका.श घर चर्किएका छन् । सिंगो बस्ती भएको डाँडो नै भासिएको हो ।

जिल्ला प्रशासन कार्यालयमा २६ पुस २०७० मै बसेको बैठकले जोखिमयुक्त क्षेत्रका नागरिकलार्य वैकल्पिक ठाउँमा सुरक्षित रुपमा सार्ने निर्णय गरेको थियो । तर, नगरपालिकाले अहिलेसम्म कुनै चासो नदिएको स्थानीयको गुनासो छ ।

सन्धिखर्क नगरपालिका–९ का वडा सचिव रमेश न्यौपानेले वडाभित्र सार्वजनिक ठाउँ नहुँदा बस्ति सार्न समस्या परेको बताए ।

भुजुङ्गेका तीन ठाउँमा सयदेखि २५० मिटर लम्बाइ र २०–३० मिटर चौडाइका पहिरो गएको छ । साना चार वटा पहिरो पनि खसेको स्थानीयले बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>