थप समाचारशुक्रबार, भाद्र १३, २०७१
सुनकोशी पुलको काम फेरि रोकियो
–बुद्धवीर बाहिङ, सोलुखुम्बु
सगरमाथा अञ्चलका ओखलढुंगा, खोटाङ र सोलुखुम्बु जोड्ने सुनकोशी पुल निर्माणको काम ठेकेदार र पेटी ठेकदारबीचको आर्थिक विवादका कारण रोकिएको हो । पुलको ट्रष्ट जडानको जिम्मा लिएको हुलास स्टीललाई ठेकेदार कम्पनी वाइबा कन्स्ट्रक्सनले मूल्यवृद्धि कर नदिने भएपछि निर्माण कार्य रोकिएको छ ।
ठेकेदार कम्पनीले पाउने १३ प्रतिशत मूल्यवृद्धि करमध्ये हुलास स्टिलले रकम नपाउने भएपछि उनीहरुबीच विवाद भएको हो । पेटी ठेक्का लिएको हुलास स्टिलले ट्रष्ट जडान सके लगत्तै वाइबा कन्स्ट्रक्सनले ढलानको काम शुरु गर्ने भनिए पनि काम शुरु हुन सकेको छैन ।
साउन पहिलो सातादेखि नै ढलानको काम थाल्नुपर्ने भए पनि काम शुरु नभएको उद्योग वाणिज्य संघ ओखलढुंगाले जनाएको छ । डेढ महीनामा पनि काम शुरु हुन नसकेपछि उद्योग वाणिज्य संघले तत्कालै काम अघि बढाउन माग गरेको छ ।
विगत १४ वर्षदेखि निर्माणाधीन सुनकोशी पुलको ट्रष्ट जडानको काम १५ असार २०७१ भित्र सक्ने र भदौभित्र पुल निर्माण गरिसक्ने बताइएको थियो । समयमै काम नसक्ने भएपछि स्थानीय प्रशासनलाई ध्यानाकर्षण गराइएको संघका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
