Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सात पर्वतारोही नेपाली महिला न्यूयोर्कमा सम्मानित - Himalkhabar.com

रमझमशुक्रबार, भाद्र १३, २०७१

सात पर्वतारोही नेपाली महिला न्यूयोर्कमा सम्मानित

हिमालखबर

अमेरिकाको न्यूयोर्क शहरको सिटी काउन्सिल हलमा आयोजित विशेष कार्यक्रममा सिटी काउन्सिलकी सभामुख मेलिस्सा मार्क–भिभेरितो र काउन्सिलका सदस्य डानियल ड्रोमले टोलीको सम्मान गरेका हुन् । सिटी काउन्सिलका सदस्य डानियल ड्रोमको विशेष सक्रियता र नेपाल अमेरिका पत्रकार संघ (नेजा) को समन्वयमा महिला पर्वतारोही समूहका सातै सदस्यलाई सम्मान गरिएको हो ।

तस्वीरः ङिमा पाख्रिन,न्युयोर्क

सम्मानस्वरुप महिला टोलीलाई सभामुख भिभेरितोले शहरकातर्फबाट तयार पारिएको एक विशेष सम्मान पत्र प्रदान गरेकी थिइन् । सम्मान पत्रमा “शताब्दीयौंदेखि महिलाहरुले पुरुषहरुको तुलनामा निकै असमानता भोग्नु परेको छ, तर यी सात साहासी महिलाहरुको समूहले भावी पुस्ताले गौरब गर्न सक्ने साहासिक काम गरेर अब समानताको अवरोध सामना गर्नु नपर्ने, महिलाहरुको सपनाको पनि कुनै सीमा नहुने भन्ने प्रमाणित गरेर देखाई दिएको छ, तसर्थ न्यूयोर्क सिटी काउन्सिल यी साहसी महिलाहरुको योगदानको कदर स्वरुप यो सम्मान प्रदान गर्दछ,” भन्ने उल्लेख छ ।

आरोहण टोलीमा शैली बस्नेत ,माया गुरुङ, आशाकुमारी सिंह, पेमा डिकी शेर्पा, पूजन आचार्य, चुनु श्रेष्ठ र निमा डोमा शेर्पा छन् ।

ङिमा पाख्रिन, न्युयोर्क

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>