थप समाचारशुक्रबार, भाद्र १३, २०७१

एमाओवादीसहितका विपक्षी दलद्वारा संसद अवरुद्ध

हिमालखबर

सत्तारुढ दल कांग्रेस र एमालेले विगतमा भएको चार बुँदे सहमति कार्यान्वयनका लागि चासो नदेखाएको भन्दै एमाओवादी सहितका विपक्षी दलहरुले व्यवस्थापिका संसदको १३ भदौको बैठक अवरुद्ध पारेका छन् ।

बैठकमा सत्तारुढ दलहरुसँगको वार्ता सकारात्मक नभएको भन्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले विरोध जनाए लगत्तै विपक्षी दलका सभासदहरुले सदन अवरुद्ध गरेका थिए ।

विपक्षी दलहरुले संसद बैठकमा अवरोध गरेपछि सभामुख सुवास नेम्वाङले १५ भदौसम्मका लागि बैठक स्थगित भएको सूचना दिएका छन् ।
एमाओवादीलगायत साना दलहरुको मोर्चाले यसअघि नै पुष्पकमल दाहालको नेतृत्वमा उच्चस्तरीय राजनीतिक समितिको गठन नभए संसद बैठक अवरुद्ध पार्ने घोषणा गरेका थिए ।

कांग्रेस र एमालेका नेताहरु भने संविधानसभा व्यवस्थापिका संसद बाहिर कुनै समिति गठन गर्नुको औचित्य नभएको बताउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>