थप समाचारशनिबार, भाद्र १४, २०७१
गोली प्रहार गरी महिलाको हत्या
सर्लाहीको नोकैल्वा गाविस–५ की अमृतादेवी महतोको अपरिचित व्यक्तिको गोली प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र ठाकुरले जानकारी दिएका छन् ।
१३ भदौ राति करिब २ बजे आफ्नै कोठामा सुतिरहेको अवस्थामा झ्यालबाट अमृतामाथि गोली प्रहार भएको हो ।
दाहिनेपट्टि छातीमा गोली लागेकी अमृताको घटनास्थलमै मृत्यु भएको ठाकुरले बताए ।
मृतक अमृता श्रवण महतोकी कान्छी श्रीमती हुन् । घटनाबारे अनुसन्धान एवम् गोली प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
