Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
इबोल विरुद्धको औषधी बाँदरमा सफल - Himalkhabar.com

थप समाचारशनिबार, भाद्र १४, २०७१

इबोल विरुद्धको औषधी बाँदरमा सफल

हिमालखबर

परिक्षणकै क्रममा रहेको इबोला भाइरस संक्रमणका लागि बनाइएको जेडम्याप नामको औषधी बाँदरमा गरिएको अनुसन्धानमा शत प्रतिशत सफल देखिएको छ।

संक्रमण भएको पछिल्लो चरणमा पनि त्यो प्रभावकारी पाइएको बताइएको छ।

नेचर भन्ने जर्नलमा प्रकाशित तथ्यांकमा अनुसन्धानकर्ताहरुले भनेका छन् “यो इबोलाको उपचारमा अगाडि बढ्न असाध्यै महत्वपूर्ण पाइला हो।”

तर सीमित मात्र उत्पादन भएको यो औषधी पश्चिम अफ्रिकामा संक्रमित भएका करिब २० हजार मानिसका लागि यथेष्ट छैन।
औषधी खुवाइएका सातमध्ये दुइजनाको इबोलाबाटै निधन भएको छ।

परिक्षण
‘सिक्रेट सेरम’ भनिने गरेको जेडम्याप अझसम्म परिक्षणकै चरणमा छ र यसको प्रभावकारिताबारे तथ्यांक सार्वजनिक भइसकेको छैन।

गीनीमा शुरु भएर पन्ध्र सय भन्दा बढीको ज्यान लिइसकेको इबोलाको कुनै औषधी नभएकाले चिकित्सकहरु यसतर्फ लागेका हुन्।

अनुसन्धानकर्ताहरुले विभिन्न प्रकारका रोग प्रतिरोधात्मक तत्वहरु ‘एन्टीबडीज’को मिश्रण बनाएर औषधी दिने तरिका खोजिरहेका छन्।

यसअघि गरिएका एन्टीबडिको मिश्रणको औषधीको जनावरमा परिक्षण गर्दा केहि प्रभावकारि देखिएको थियो।

मिश्रण
पछिल्लोपटक तीनवटा एन्टीबडीको मिश्रणबाट बनाइएको औषधीलाई जेडम्याप नाम दिइएको छ।

र, त्यसैलाई पछिल्लोपटक रेसस मकाकस भनिने बाँदरमा गरिएको परिक्षणमा शत प्रतिशत सन्चो हुने देखिएको वैज्ञानिकहरुले बताएका छन्।

यसपटक संक्रमण भएको पाँचौ दिनमा पनि ति जनावरलाई औषधी दिइएको थियो।

बाँदरहरुका लागि पाँचौ दिन भनेको संक्रमणको पछिल्लो चरण हो त्यसको तीनदिनपछि उसको मरण हुन्छ।

बैज्ञानिकहरुले यसलाई महत्वपूर्ण भनेका छन् किनभने यस अघिका उपचार पद्दतिमा लक्षण देखा पर्नु अघि नै उपचार दिनुपर्थ्यो।
खुशीको खबर

अनुसन्धानमा संलग्न द पब्लीक हेल्थ एजेन्सी, क्यानडाका डा. गेरी कोबिङ्गर भन्छन्, “पछिल्लो एन्टीबडी मिश्रण अघिल्लो भन्दा निकै राम्रो रह्यो। पाँचौ दिनको जनावर पनि बचाउने भनेपछि त्यो त मैले सोच्नै नसकेको कुरा भयो। यो निकै खुशीको खबर हो।”

तर जनावरको तथ्यांक मानिसमा दुरुस्त होला भन्न सकिँदैन।

लाइबेरियाका डक्टर र स्पेनिश पुजारी दुवैलाई जेडम्याप दिइए पनि उनीहरुको निधन भएको थियो।

तर दुइजना अमेरिकी डाक्टरलाई त्यसैले निको बनायो र एकजना ब्रीटिस नागरिक विलियम पुलेलाई पनि जेडम्याप दिइएको छ।
जनावरमा भन्दा मानिसहरुमा इबोला संक्रमण विस्तारै हुने गर्छ।

त्यसैले संक्रमणको नवौं या एघारौं दिनमा पनि यो औषधी प्रभावकारी हुन सक्छ भन्ने अनुमान गरिएको छ।

डा कोबिङ्गर भन्छन्, “तर संक्रमणले शरिरका मुख्य अंगहरुमा हानिसकेको छ भने पछाडि फर्कन संभव छैन त्यसैले यसको सीमितता छ।”
यो समुहले औषधीको प्रभावकारिता जाँच्न मानिसहरुमा परिक्षण गर्न चाहेको छ।

बीबीसीबाट साभार

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>