Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मोदीको पूजापछि पशुपतिमा विशेष पूजा गराउने बढे - Himalkhabar.com

थप समाचारआइतबार, भाद्र १५, २०७१

मोदीको पूजापछि पशुपतिमा विशेष पूजा गराउने बढे

हिमालखबर

१९ साउनमा पशुपतिमा विशेष पूजा गर्न पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष पूजाका क्रममा भारतीय सञ्चारमाध्यमले पशुपति क्षेत्रबाट प्रत्यक्ष प्रसारण गर्दा विश्वभर पशुपतिका विषयमा जानकारी बढेकाले विशेष पूजाआजा गराउनेको सङ्ख्या बढेको कोषका सदस्यसचिव डा गोविन्द टण्डनले बताएका छन् ।

मोदीले पशुपतिमा विशेष पूजा गराएपछि बलिउडका चर्चित कलाकार अनुपम खेर र दक्षिण भारतीय कलाकार चिरञ्जीवी कोनिडालाले पनि पशुपतिमा विशेष पूजा गराएको कोषका निर्देशक भरत मरासिनीले बताए ।

कोनिडालाले ६ भदौ, शुक्रबार र खेरले ७ भदौ, शनिबार पशुपतिमा विशेष पूजा गराएका थिए ।
यसरी विशेष पूजा गराउने र पशुपतिमा दर्शन गर्ने भारतीयको सङ्ख्या मोदीको आगमनपछि ह्वात्तै बढेको कोषका कोषाध्यक्ष तारानाथ सुवेदीले बताए ।

पशुपतिमा विशेष पूजाआजा गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ । विशेष पूजाबाट हाल पशुपतिमा दैनिक दुईदेखि तीन लाखसम्म आय हुने गरेको सदस्यसचिव टण्डनले बताए ।

पशुपतिमा एक हजार १०० रुपैयाँदेखि २५ लाख रुपैयाँसम्मको विशेष पूजा गराउन सकिने व्यवस्था छ । यस किसिमको विशेष पूजा १० मिनेटदेखि एक महिनासम्म समयावधिको हुने गरेको पनि सदस्यसचिव टण्डनले जानकारी दिए ।

विशेष पूजाआजा गराउनेमा केही नेपालीबाहेक प्रायः भारतीय नै हुने गरेको कोषको अभिलेखबाट देखिएको सदस्यसचिव टण्डन बताउँछन् ।

हाल दैनिक डेढ सयदेखि दुई सयसम्म विशेष पूजा हुने गरेकामा यो सङ्ख्या कम्तीमा पनि ३०० पु¥याउने तयारीका साथ कोष अगाडि बढिरहेको उनले जानकारी दिए ।

विसं. २०२२ बाट फर्माइसी पूजाका नामबाट सुरु भएको विशेष पूजा २०६८ साल चैत २५ गतेसम्म पशुपतिका भट्टले नै गुपचुप रूपमा गर्दै आएका थिए । २०६८ साल चैत २६ गतेबाट मन्दिर व्यवस्थापन तथा विशेष पूजा नियमावली लागू भएपछि भने विशेष पूजाको रसिद काट्ने अधिकार कोषमा आएको सदस्यसचिव टण्डनले बताए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>