थप समाचारसोमबार, भाद्र १६, २०७१

बैतडीमा पहिरोले ३ घर पुरियो

हिमालखबर

वर्षासँगै आएको पहिरोले बैतडी गोकुलेश्वर गाविस–१ बाँगाबगरका तीन घर पुरिएको प्रहरीले जनाएको छ । १५ भदौ राति परेको पहिरोमा स्थानीय धनीराम सार्कीका दुई घर र चन्द्रराम सार्कीको एक घर पुरिएका छन् ।

पहिरोमा परी मानवीय क्षति हुन नभएपनि गोरु र बाख्रा मरेका छन् । पहिरोले घर पुरिएपछि विचल्लीमा परेका दुई परिवार अहिले छिमेकीका घरमा शरणमा छन

पहिरोबाट थप तीन घर पनि जोखिममा परेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी सहायक निरीक्षक अम्बादत्त पन्तले जानकारी दिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>