रमझमसोमबार, भाद्र १६, २०७१

हुलाक टिकट डिजाइनर राणा रहेनन्

हिमालखबर

कलाकार एवम् हुलाक टिकट डिजाइनर राणाको ६० वर्षको उमेरमा १५ भदौ राति साढे १० बजे निधन भएको हो घाँटीको क्यान्सर रोगबाट पीडित उनको उपचारको क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको परिवारले जनाएको छ ।

उनको १६ भदौ बिहान पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनका श्रीमती, एक छोरी र छोरा छन् ।

को हुन् राणा ?

काठमाडौं मालीगाउँका राणा हुलाक टिकक डिजाइनर हुन् । उनले ३०० भन्दा बढी हुलाक टिकट डिजाइन गरेका छन् ।

सन् १९९५ मा संयुक्त राष्ट्रसंघको ५०औं वार्षिक उत्सवको अवसरमा उत्कृष्ट डिजाइन गरे बापत उनले गोल्ड मेडल पाएका थिए । बनारस विश्वविद्यालयबाट कला विधामा स्नातक उनी हुलाक विभागमा वरिष्ठ कला अधिकृत थिए ।

विभागका ३१ वर्ष जागिर गरेका उनले केही महीनाअघि मात्रै अवकाश पाएका थिए ।

सेवाबाट अवकास पाउनुअघि उनले डिजाईन गरेका पाँच किसिमका टिकट सन् २०१२ को फिलाटेलिक कार्यक्रमअन्तर्गत हुलाक सेवा विभागले प्रकाशन गरेको थियो । उनले लोकनायक राजा सहलेस (सिराहा), लोमान्थाङ दरबार (मुस्ताङ), साल्पा पोखरी (भोजपुर), सहस्रधारा जात्रा (दोलखा) र गायिका मेलवादेवी अंकित टिकट डिजाइन गरेका थिए ।

विभिन्न चार रङमा मिश्रण गरिएका ती टिकट पाँच/पाँच लाखप्रति प्रकाशित गरिएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>