थप समाचारसोमबार, भाद्र १६, २०७१

कांग्रेस–एमाले एक ठाउँमा नबसी संविधान बन्दैनः रिजाल

हिमालखबर

सूचना तथा सञ्चार मन्त्री रिजालले सविधान निर्माणका लागि कांग्रेस र एमाले एकै ठाउँमा आउनुपर्नेमा जोड दिएका हुन् । प्रेस चौतारी नेपालको १६ भदौमा ज्ञापनपत्र बुझ्दै उनले तोकिएकै समयमा संविधान जारी गर्नुपर्ने बताए ।

“समयमा संविधान जारी नभए मुलुकले ठूलो मूल्य चुकाउने छ,” उनले भने, “यसको क्षति लोकतान्त्रिक शक्तिहरूलाई नै पुग्नेछ ।”

उनले सरकारी सञ्चारमाध्यममा सकेसम्म सन्तुलन मिलाएर काम गर्नेमा जोड दिए ।

चौतारीका उपाध्यक्ष उपेन्द्र केसीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले सरकारी सञ्चार माध्यममा बिनापूर्वाग्रह नियुक्तिहरू गर्न ध्यानाकर्षण गराएको थियो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>