Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कलमी क्रान्ति - Himalkhabar.com

थप समाचारमंगलबार, भाद्र १७, २०७१

कलमी क्रान्ति

हिमालखबर

–जीवनप्रसाद राई

नेपालमा पछिल्लो समयमा कलमी प्रविधिको चलन आशालाग्दो गरी बढेको छ। खास गरेर कागती, सुन्तला, लिची, आँप, किवी र जापानिज नासपातीको कलमी बिरुवा उत्पादनमा उत्साह बढेको देखिन्छ। यसमा युवा पुस्ता पनि लागेको छ।

एउटै रुटमा विभिन्न किसिमका साइन राखिने टप वामिङ ग्राफ्टिङ (कलमी)

विभिन्न किसिमका फलफूलको कलमी बिरुवा उत्पादन, बिक्री–वितरण र रोपनको चलन गाउँ–शहरमा बढेको मुस्ताङका कृषि अधिकृत विष्णु गिरी बताउँछन्। गिरीले ७३ जिल्लामा कलमी प्रविधिको तालीम सञ्चालन गरिसकेका छन्। कलमी प्रविधिमा धेरै प्रगति गर्नेमा जापान अग्रस्थानमा रहेको मानिन्छ।

रुट र साइन

कागती, सुन्तला लगायत अमिलो जातका फलफूल कलमीका लागि तीनपातेको रुट सबभन्दा राम्रो मानिन्छ भने नासपातीका लागि मेहेल र भोटे मेहेल। यसैगरी, उच्चकोटिको हलुवावेदका लागि स्थानीय हलुवावेदकै रुट (जरा) राम्रो मानिन्छ भने दाँते ओखरका लागि हाडेओखर, आरूका लागि स्थानीय आरू, आँपका लागि स्थानीय आँप, लप्सीको लप्सी नै, किवीका लागि किवी नै राम्रो हुन्छ।

कतिपय फलफूलको कलमी नगरी गुठी गर्ने गरिन्छ। गुठी गर्दा बिरुवाको डाँठमा खुर्केर झयाउ वा माटोलाई प्लास्टिक, कपडा वा जुटले पोको पारेर जरा नआइञ्जेल राखिन्छ। खुर्किएको बोक्राबाट पोकाभरी जरा आएपछि त्योभन्दा मुनि काटेर सारिन्छ। स्याउमा भने क्र्याप (एमपीआई) प्रविधिबाट कलमी गरिन्छ।

कलमी गर्ने बिरुवाको ‘साइन’ फलिरहेको राम्रो जातको बोटबाट हाँगा काटेर रुटमा लगेर जोडिन्छ। साइनको खास मापदण्ड नभए पनि गोलाइ कम्तीमा चारदेखि १० सेन्टिमीटरसम्म भएको हाँगा राम्रो हुन्छ। नेपालमा जेठ–असारलाई फलफूल कलमीको उपयुक्त मौसम मानिन्छ। राम्रो साइनलाई पग्लेको मैनमा अत्यन्तै छिटो गतिमा चोपेर पनि तीन–चार महीनासम्म राख्न मिल्छ। यो प्रविधि पनि अपनाएका प्राविधिक अधिकृत गिरी यस्तो साइनलाई एयर टाइट प्लाष्टिकमा बालुवाले छोपेर राख्न सकिने बताउँछन्। “यस्तो साइनलाई तीन महीनाभित्र रुटमा राख्दा राम्रो हुन्छ”, गिरी भन्छन्।

कलमी किन

गुणस्तरीय, टिकाउ र छिटो फल्ने फलफूलका लागि कलमी गरिन्छ। बीउबाट उम्रेको फलफूलको बिरुवा फल्न १०–१५ वर्ष पनि लाग्छ, तर कलमी गरेर सारिएको बिरुवा एक–दुई वर्षमै फल्छ, त्यो पहिलेकै आकारमा। कलमी बिरुवा रोपेको दुई/तीन वर्षमै व्यावसायिक उत्पादन हुन्छ। बढ्दो आवश्यकता तथा मागलाई धान्दै फलफूल आयात रोक्नका लागि पनि नेपालमा कलमी प्रविधि अत्यावश्यक भएको अनुभव गरिएकोले सरकारका कृषि निकायहरूले अहिलेसम्म कलमी नगरेको चिउरी, कटहर फलफूलहरूमा पनि यो प्रविधिको प्रयोग–परीक्षण थाल्नुपर्ने देखिन्छ। कृषक तथा निजी क्षेत्रलाई यस्ता अध्ययन–अनुसन्धान गर्न कठिन हुन्छ।

नेपालमा वर्षेनि रु.५० करोडको रूखकटहर भारतबाट आयात भइरहेको छ। नेपालमै मनग्गे रूखकटहर फल्ने तथ्यमा चासो दिइएको छैन। चिउरी पनि त्यस्तो रूख हो, जुन फुल्दा त्यसै पनि अर्ग्यानिक मह उत्पादन बढ्ने गरेको छ। चिउरीको दानाबाट औषधीय गुण भएको वासनादार साबुन र वनस्पति घ्यू बन्छ। यसको व्यावसायिक उत्पादन गरेर एउटा नेपाली ‘ब्रान्ड’ नै बनाउन सकिन्छ। चिउरीको घ्यू निकाल्दा आउने पीना अर्गानिक खेतीमा राम्रो मल हुन्छ। रूखकटहर र चिउरीमा कलमी प्रविधि अपनाउन ढिला भइसकेको छ।

धेरै बिरुवा उत्पादनका लागि टिस्यु कल्चर ल्याब वरदान साबित भए पनि नेपालमा यो महँगो प्रविधि बिजुली आपूर्तिमा अनियमितताका कारण उपयोगी देखिंदैन। हाम्रो लागि स्थानीय स्तरमै गर्न सकिने र लगभग शतप्रतिशत बिरुवा हुर्कने कलमी प्रविधि नै वरदान साबित हुनेछ।

माग र आपूर्ति

कृषिमा नेपालीको आकर्षण हेर्दा आगामी दिनमा कलमी बिरुवाको माग अत्यधिक बढ्ने अनुमान सहजै लगाउन सकिन्छ। अहिलेका युवा कृषकहरू त्यस्तो वस्तुको खोजीमा छन्, जसमा एक पटक लगानी गरेपछि फल प्राप्तिमा कम जोखिम होस्। उनीहरूले त्यस्तो सम्भावना फलफूल खेतीमै रहेको बुझिसकेका छन्। हुन पनि, फलफूललाई वर्षमा एक–दुई पटक रेखदेख गरेपछि उसले आफ्नो समय अनुसार फल दिने काममा न कुनै कन्जुस्याइँ गर्छ न त धाँधली।

काठमाडौं, नैकापका विष्णु गिरी । तस्वीरः जीवन राई

अर्को कुरा, अन्य कुनै काम गर्दागर्दै पनि फलफूल खेती विस्तार गर्न सकिन्छ। त्यस कारण अहिले शहर–बजार वा विदेशमा रहे पनि गाउँमा भएको आफ्नो पुर्ख्यौली जग्गा झ्लझ्ली सम्झ्न थालेका नेपाली धेरै छन्। शहरमा बसेर गाउँमा गर्न सकिने भनेको फलफूल खेती नै हो। यसरी हेर्दा अब गाउँमा फलफूल वा बिरुवाको माग ह्वात्त बढ्ने देखिन्छ। सरकारले अबको समयमा फलफूलको अध्ययन–अनुसन्धान, बिरुवा उत्पादन र आपूर्तिमा तदारुकता देखाउनुपर्छ।

——————————

दैनिक ७०० कलमी!

मुस्ताङमा कार्यरत काठमाडौं, नैकापका विष्णु गिरी (५१) बोटबिरुवा भनेपछि यति दत्तचित्त हुन्छन् कि उनी प्रतिदिन ७०० कलमी गर्न सक्छन्। दिनमा ७०० कलमी असाधारण कुरा हो। रुटमा साइन बाँध्ने सहयोगी हुँदा सामान्यतः एक व्यक्तिले दिनमा बढीमा ३०० कलमी गर्न सक्छ।

मेशीनले जस्तै छिटो कलमी गर्ने गिरी अत्यन्तै अनुभवी र सबैतिर रुचाइएका कृषि प्राविधिक हुन्। उनी बसेको कृषि केन्द्रहरूमा कलमी बिरुवा उत्पादनमा निकै राम्रो काम भएका छन्। “कलमीको काम भनेपछि जहिल्यै, जहाँ भन्नुस्, मलाई कहिल्यै अल्छी लाग्दैन”, गिरी भन्छन्, “जापानमा पाएको चार महीने तालीम र आफैंभित्रको रुचिले मलाई यो काममा जाँगरिलो बनायो।”

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>