Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
आ–आफ्नै अडानमा दलहरुः राज्यपुनर्संरचनामा सहमति भएन - Himalkhabar.com

थप समाचारमंगलबार, भाद्र १७, २०७१

आ–आफ्नै अडानमा दलहरुः राज्यपुनर्संरचनामा सहमति भएन

हिमालखबर

राज्य पुनर्संरचना र शासकीय स्वरुपको विषयमा सहमति जुटाउन १७ साउन विहान बसेको तीन दलको बैठकमा दलहरुले आ–आफ्ना अडान नछोडेपछि बैठकमा कुनै सहमति हुन सकेन ।

संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले  संविधानसभा सचिवालय सिंहदरबारमा आयोजना गरेको  प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकमा राज्य पुनःसंरचना र शासकीय स्वरुप सम्बन्धमा नेताहरुले आ–आफ्ना अडाना प्रस्तुत गरेका थिए ।

संविधान निर्माणको कार्यतालिका अनुसार २२ भदौसम्म सहमति जुटाइसक्नुपर्ने छ।

बैठकमा सहभागी नेपाली कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बैठकमा राज्यपुनर्संरचनाका बारेमा छलफल भए पनि कुनै सहमतिमा पुग्न नसकिएको जानकारी दिए ।

“सकेसम्म कार्यतालिका बमोजिम २१ गतेसम्ममा मिलाउँछौं, सकिएन भने संविधानसभामा पठाउँछौँ,” उनले भने ।

नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले नयाँ संविधानका महत्वपूर्ण दुईवटा अन्तर्वस्तु राज्य पुनःसंरचना र शासकीय स्वरुपका विषयमा तीन प्रमुख दलबीच छलफल गरी एक–एक गरेर टुङ्ग्याउँदै जाने सैद्धान्तिक सहमति भएको बताए ।

उनले भने, “तोकिएकै समयसीमाभित्र रही संविधानका अन्तर्वस्तुमा सहमति गरेर जानुपर्छ भन्नेमा दलहरुबीच एउटै मत छ, त्यसका लागि साझा बिन्दुमा पुग्ने ढङ्गबाट दलहरुबीच छलफल भइरहेको छ ।

एमाओवादी नेता नारायणकाजी श्रेष्ठले दलहरुले पहिलेकै अडान राखेपछि सहमति हुन नसकेको तर, सहमतिका लागि प्रयास भने जारी नै रहने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>