Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
तीन पत्रकारलाई राष्ट्रिय शिक्षा पुरस्कार - Himalkhabar.com

थप समाचारमंगलबार, भाद्र १७, २०७१

तीन पत्रकारलाई राष्ट्रिय शिक्षा पुरस्कार

हिमालखबर

पत्रकार महासंघ र शिक्षा विभागद्वारा संयुक्त रुपमा प्रदान दिइने रू. ७५ हजार राशीको पुरस्कार नागरिक दैनिकका रुद्र खड्का (बाँके), नयाँ पत्रिका दैनिकका भवानीश्वर गौतम (काठमाडौं) र गोरखापत्र दैनिकका शेषकान्त पण्डित (काठमाडौं) लाई प्रदान गरिने भएको हो ।

१६ भदौमा बसेको शिक्षा पत्रकारिता पुरस्कार छनोट मूलसमितिको बैठकले पाँच विकास क्षेत्र र उपत्यकालाई १ क्षेत्र मानी ६ क्षेत्रलाई प्रदान गरिने रू. २५ हजार राशीको क्षेत्रीय शिक्षा पत्रकारिता पुरस्कार ९ पत्रकारलाई प्रदान गर्ने निर्णय गरेको छ ।

जसमा पूर्वाञ्चलबाट धु्रव सुवेदी (नागरिक दैनिक, भोजपुर), मध्यमाञ्चलबाट मकवानपुरका ध्रुव अधिकारी (राजधानी) र सुनील खड्का (रेडियो निकास), उपत्यकाबाट कृष्णप्रसाद ज्ञवाली (कान्तिपुर, काठमाडौं) र सूर्यप्रसाद पाण्डे (अन्नपूर्ण दैनिक, काठमाडौं), पश्चिमाञ्चलबाट रेखीराम राना (गोरखापत्र, पाल्पा) र कृष्ण मल्ल (पाठशाला मासिक, रुपन्देही), मध्यपश्चिमाञ्चलबाट सुरेन्द्र काफ्ले (अन्नपूर्णपोष्ट, बाँके) र सुदूरपश्चिमाञ्चलबाट प्रकाश सिंह (द हिमालयन टाइम्स दैनिक बाजुरा) रहेका छन् ।

त्यस्तै उपत्यकासहित ६ क्षेत्रका २/२ जनालाई प्रदान गरिने शिक्षा लेखनवृत्तिअन्तर्गत पूर्वाञ्चलबाट अन्नपूर्ण दैनिकका छेटु शेर्पा (संखुवासभा) र सुरेन्द्र भण्डारी (पूर्वाञ्चल दैनिक, झापा), मध्यमाञ्चलबाट संयुक्त रुपमा महेशकुमार दास (नागरिक दैनिक, महोत्तरी), चिना थापा (रेडियो सिन्धुलीगढी, सिन्धुली) र रमा दाहाल (कान्तिपुर टेलिभिजन, काभ्रे) प्रदान गरिने छ ।

त्यसैगरी लेखनवृत्ति पाउनेहरूमा उपत्यकाबाट स्मृती गिरी (इमेज टेलिभिजन, काठमाडौं), रोशन क्षेत्री गाउँले (एजुकेशनल पेजेज, काठमाडौं) र निर्जना शर्मा (रिपब्लिका दैनिक, काठमाडौं) संयुक्त, पश्चिमाञ्चलबाट अमरराज नहर्की (गोरखापत्र, तनहुँ) र गगनशिला खड्का (नयाँपत्रिका, गुल्मी) छन् ।

मध्यपश्चिमबाट जनक केसी(९नागरिक, जाजरकोट) र धनवीर दाहाल (नेपाल समाचारपत्र, रुकुम) र सुदूरपश्चिमाञ्चलबाट टेकराज भण्डारी (रेडियो रामारोशन, अछाम) र हर्कबहादुर विक (एभिन्यूज टेलिभिजन, कैलाली) रू. १५ हजार राशीको लेखनवृत्तिका लागि छानिएका छन् ।

यसैगरी एफएम रेडियोलाई प्रदान गरिने संस्थागत शिक्षा पत्रकारिता पुरस्कारतर्फ पूर्वाञ्चलबाट त्रियुगा एफएम (उदयपुर) मध्यमाञ्चल– जनकपुर एफएम (जनकपुर), उपत्यका– नेपाल एफएम (ललितपुर), पश्चिमाञ्चल– रेडियो अन्नपूर्ण (कास्की), मध्यपश्चिमाञ्चल– रेडियो कर्णाली (जुम्ला) र सुदूरपश्चिमबाट संयुक्त रुपमा रेडियो रामारोशन (अछाम) र सनसेर एफएम (बैतडी) लाई प्रदान गरिएको छ ।
त्यस्तै राष्ट्रिय स्तरका दैनिक पत्रपत्रिकालाई प्रदान गरिने ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार’ राजधानी दैनिकलाई र टेलिभिजनतर्फ प्रदान गरिने पुरस्कार सगरमाथा टेलिभिजनलाई प्रदान गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>