खेलकुदमंगलबार, भाद्र १७, २०७१

झापाले मनाङलाई हरायो

हिमालखबर

मनाङ मर्स्याङ्दीविरुद्ध गोल गरेपछि खुशी मनाउँदै झापा फूटबल क्लबका स्ट्राइकर विशाल राई ‘ए’ । तस्वीर साभारः गोलनेपाल डट कम

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १७ भदौमा भएको उदघाटन खेलमा झापाले मनाङलाई २–१ गोलले हराएको हो । प्रतियोगिताको दाबेदार मानिएको मनाङलाई जिल्लाको रुपमा ‘ए’ डिभिजनको मान्यता पाएको झापाले हराएको हो ।

झापाका लागि स्ट्राइकर विशाल राई ‘ए’ले दुवै गोल गरे । खेल शुरु भएको १३औं मिनेटमा गोल गरेका उनले ६८औं मिनेटमा अर्को गोल थपे ।

दोस्रो हाफको ५३औं मिनेटमा दीपक राईले गोल फर्काए पछि बराबरी गर्ने मौका पाएको मनाङले त्यो कायम राख्न सकेन । जीतसँगै झापा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

अखिल नेपाल फूटबल संघ (एन्फा)ले आयोजना गरेको प्रतियोगिता २५ भदौसम्म चल्नेछ । प्रतियोगितामा झापा र मोरङसँगै ‘ए’ डिभिजन खेल्ने आठ टीम सहभागी छन् ।

प्रतियोगिताको समूह ‘ए’ मा मनाङ मर्स्याङ्दी, सशस्त्र प्रहरीको एपीएफ क्लब, थ्रीस्टार र झापा छन् ।

यस्तै, समूह ‘बी’ मा भने त्रिभुवन आर्मी, नेपाल पुलिस, सीएमजी संकटा र मोरङ फूटबल क्लब छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>