अर्थ/बजारआइतबार, आश्विन १४, २०६९

भान्छा महङ्गो भो, मूल्यवृद्धि दोहोरो अङ्कमा

रमेश कुमार

नेपाल राष्ट्र ब्याङ्कले १४ असोजमा प्रकाशित गरेको तथ्याङ्कअनुसार, चालु आर्थिक वर्षको पहिलो महिनामा मूल्यवृद्धि ११ दशमलव ९ प्रतिशतमा पुगेको छ । गत आर्थिक वर्षको औसत उपभोक्ता मूल्यवृद्धि दर ८ दशमलव ३ प्रतिशत थियो ।

राष्ट्र ब्याङ्कका अनुसार, गत साउनमा खाद्य तथा पेय पदार्थ समूहको मृल्यवृद्धि दर १२ दशमलव २ प्रतिशत पुगेको छ । त्यस्तै, गैर खाद्य तथा सेवा समूहको मूल्य पनि बढेर ११ दशमलव ६ प्रतिशत पुगेको छ । राष्ट्र ब्याङ्कका अनुसार, तरकारीको मूल्य सबैभन्दा बढी ३० दशमलव ४ प्रतिशतले बढेको छ । घिउ तथा तेल २१ र चिनी तथा मिठाइको मूल्य १९ दशमलव ९ प्रतिशतले बढेको छ ।

दाल तथा गेडागुडी १४ दशमलव ४, लत्ता कपडा र जुत्ता चप्पल १५ दशमलव १, घरायसी उपभोगको सामान ११ दशमलव ८ प्रतिशतले बढेका छन् । काठमाडौं उपत्यकामा सबैभन्दा धेरै, १२ दशमलव ३ प्रतिशतले मूल्य बढेको छ ।

राष्ट्र ब्याङ्कका अनुसार, चालु आवको पहिलो महिनामैं ब्यापार घाटा ४९ दशमलव ४९ अङ्कले बढेर रु. ३९ अर्ब ७८ करोड पुगेको छ । निर्यात ह्वात्तै घटेपछि निर्यात–आयात अनुपात १५ दशमलव ३ प्रतिशतमा झरेको छ । शोधनान्तर वचत भने रु. ३ अर्ब ८५ करोड पुगको छ । तथ्याङ्कअनुसार, विदेशी विनिमय सञ्चिति रु. ४४७ अर्ब ८६ करोड पुगेको छ । साउनमा रेमिट्यान्स ५४ दशमलव ६ प्रतिशतले बढेर रु. ३३ दशमलव ८१ करोड भित्रिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>