Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मन्त्रीको नक्कली पिए बनेका ठग मामा–भाञ्जा - Himalkhabar.com

थप समाचारबुधबार, भाद्र १८, २०७१

मन्त्रीको नक्कली पिए बनेका ठग मामा–भाञ्जा

हिमालखबर

रौतहटको विसुनपुर्वा मानपुर–९ घर भई खेसरैया गाविसको प्राविधिक सहायक पदमा कार्यरत प्रमोदकुमार यादव र नापी शाखामा कार्यालय सहयोगीका रुपमा कार्यरत पचरुखी घर भएका अवधेश यादवले जिल्ला कृषि विकास कार्यालयका प्रमुख राजनारायण यादवसहित रौतहट, सर्लाही, बारा, पर्सा र नवलपरासीका दर्जनौँ सर्वसाधारणलाई विभिन्न मन्त्रालय र विभागमा जागिर लगाइदिने प्रलोभन दिँदै ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

केही दिनअघि पीडितहरुको उजुरी परेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

मामा–भान्जाको सम्बन्ध रहेका ती दुवैले नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, निजामती सेवा तथा शिक्षण पेसामा जागिर लगाइदिने भनेर लाखौँ ठगी गरेको पनि खुल्न आएको छ ।

नवलपरासीस्थित कावासोतीका कृष्ण सिग्देललाई शिक्षक सेवा आयोगबाट शिक्षक पदमा स्थायी गराइदिने प्रलोभन दिएर रु तीन लाख ५० हजार लिएको, पर्सा पिपराका जाकिर महम्मदलाई शिक्षकमा जागिर लगाइदिने भनी रु तीन लाख ५० हजार ठगी गरेको उजुरी जिल्ला प्रहरी कार्यालय रौतहटमा परेको छ ।

उनीहरु बाहेक अन्य १२ जना शिक्षकलाई स्थायी गराइदिने भनेर लाखौं रुपैयाँ ठगी गरेको प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक भिमप्रसाद ढकालले बताएका छन् ।

यस्तै प्रहरी कारबाहीमा परेका रौतहट सखुअवा–७ का पूर्व प्रहरीजवान रामसिंहासन यादवसित रु दुई लाख ५० हजार, नेपाल प्रहरीमा असई बनाइदिने प्रलोभनमा विशुनपुर्वा मानपुरका रणधीर कपुरबाट रु तीन लाख ५० हजार, राष्ट्रिय अनुसन्धानमा असई बनाइदिने प्रलोभन दिई बारा कोतबालीका रघुवंश मणि प्रसादसँग रु दुई लाख ५० हजार ठगी गरेको उजुरी परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक ढकालले बताए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>