Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
संसार पढ्न एउटा जिन्दगी काफी छैनः पुष्कर शाह - Himalkhabar.com

रमझमबुधबार, भाद्र १८, २०७१

संसार पढ्न एउटा जिन्दगी काफी छैनः पुष्कर शाह

हिमालखबर

विश्व साइकल यात्रीले लेखेकोे पुस्तकमा के छ ?
पुस्तकमा ११ वर्षको साइकल यात्रामा मैले भोगेको रोचक बिषयलाई समेटेको छु । यो पुस्तक दैनिकी जस्तो छैन र साहित्यिक पनि छैन । यात्रा क्रमका अनुभूतिलाई समेटेको छु ।

कस्ता छन् अनुभूतिहरु ?
संसारका १५० देशको पानी खाइयो, ती देशका माटोको सुगन्ध अझै मेरो मनमा छ । ११ जनाले विवाह प्रस्ताव राखे, ११ पटक लुटिएँ र एक पटक त अपहरणमा पनि परें । यस्तै अनुभूतिहरुको संगालो हो यो पुस्तक ।

घुमेका देशबारे पनि लेख्नुभएको छ ?
यो पुस्तक संसार घुम्दाको अनुभूति संग्रह हो । यात्राका क्रममा भोगेका समस्या र रमाइला क्षणहरुका बारेमा लेखेको छु । मैले भोगेकै समस्या अरुलाई पर्छ भन्ने त छैन । यो पुस्तक ती देशहरुबारे संक्षेपमा बुझ्न सहयोगी पनि हुनेछ ।

यात्राका क्रममा मलाई नरमाइलो लागेका देशसँगै असाध्यै रमाइलो लागेका देशहरुको पनि बयान गरेको छु । नेपालपछि मन परेका नर्वे र स्वीजरल्याण्डबारे लेखेको छु ।

किन त्यस्तो मन परे दुईवटा देश ?
त्यहाँका हावापानी र मनोरम प्राकृतिले गर्दा ।

अरु कस्ता विषय समेट्नु भएको छ पुस्तकमा ?
लुटिएको, कुटिएको, अपहरणमा परेकोजस्तो घटना बाहेक केही यौनका कुरा, बियर पिएर मातेका कुरा र मृत्युसँग जितेर फर्केका कुरा पुस्तकमा समेटेको छु ।

कस्तो अनुभूति हुँदो रहेछ विश्व नापी सकेपछि ?
दोलखाको सामान्य परिवारमा जन्मे । मैले यात्रा शुरु गर्दा धेरैले दिल्ली पुगेर फर्कन्छ भनेका थिए । एउटा साइकल किन्न नसक्नेले संसारको यात्रा गर्छु भन्दा यस्तोे अनुमान स्वभाविकै पनि थियो । तर, अहिले यात्रा पूरा गरेपछि जसरी मलाई हेरिएको छ त्यो र मेरो आफ्नै अनुभूति निकै आनन्ददायी छ ।

तपाइको यात्रा-अनुभूतिको निष्कर्ष ?
संसारलाई पढ्न निस्केको थिए । तर, यात्रापछि एउटा निष्कर्ष निकाले– संसार पढ्नलाई एउटा जिन्दगी काफी छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>