खेलकुदबुधबार, भाद्र १८, २०७१

थ्रीस्टार बाहिरियो

हिमालखबर

उपाधिको दाबेदार मानिएको थ्रीस्टार पहिलो खेल हार्दै प्रतियोगिताबाट बाहिरिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १८ भदौमा भएको खेलमा थ्रीस्टार सशस्त्र प्रहरीको एपीएफ क्लबसँग १–० ले पराजित भयो ।

जीतसँगै एपीएफ भने प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । एपीएफलाई जिताउन रञ्जन बिष्टले निर्णायक गोल गरे ।

उनले खेल सकिनु केही सेकेन्ड मात्र समय बाँकी छँदा गोल गरे । दुवै टीमले आक्रमक खेल पस्किएका थिए ।

प्रतियोगिताको पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लब झापा फूटबल क्लबसँग हार्दै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

अखिल नेपाल फूटबल संघ (एन्फा)ले आयोजना गरेको प्रतियोगिता २५ भदौसम्म चल्नेछ । प्रतियोगिताअन्तर्गत १९ भदौमा नेपाल आर्मी र नेपाल पुलिसबीच खेल हुनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>