थप समाचारबिहीबार, भाद्र १९, २०७१

सुनकाे बाला भन्दै ३० ब्यवसायीलाई ठग्ने गिरोह पक्राउ

हिमालखबर

ठगी गर्ने गिरोहका सदस्य प्रहरी हिरासतमा ।

जिल्ला प्रहरी कार्यालय धनकुटाले नक्कली बालालाई सुनको हो भन्दै झुक्याएर सुन पसलमा बेच्ने ४ जनालाई विभिन्न स्थानबाट पक्राउ गरी १९ भदौमा सार्वजनिक गरेको छ ।

ठगी गर्ने गिरोहका मुख्य योजनाकार विराटनगर–३ का सुनिल सोनी, मोरङको इन्द्रपुरदुलारी–६ की इन्दिरा राई, सोलुखुम्बुको सल्लेरी घरभई इटहरी–४ बस्ने मिलन भन्ने नुरु तामाङ र सुनसरी बक्लौरी–३ का युगेन बस्नेतलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

उनीहरुले सुनको जस्तो देखिने हातमा लगाउने नक्कली बालालाई असली भन्दै धनकुटा, तेह्रथुम, सुनसरी र मोरङका विभिन्न ३० ओटा सुन पसलमा प्रतिबाला रु ४० हजारका दरले धरौटीमा राखि भागेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक शेषराज थान्दारले जानकारी दिए ।

पसलेलाई झुक्याउन उनीहरुले आफन्त अस्पतालमा सिकिस्त विरामी भएको र उपचारका लागि तत्काल रकमको आवश्यकता भएको भन्दै बाला ४० हजार धरौटीमा राखेर भाग्ने गरेका थिए ।

उनीहरुले मोरङका १४, सुनसरीका ९, धनकुटाका ६ र तेह्रथुमका १ गरी ३० वठा सुनचाँदी पसलमा ठगी गरेको बयान दिएको प्रहरी निरीक्षक थान्दारले बताए ।

ठगी गर्नेहरुबाट प्रहरीले बरामद गरेका सामान ।

उनीहरुमध्ये इन्दिरा र सुनिललाई १३ भदौमा उनीहरुकै घरबाट, नुरु तामाङ र युगेन बस्नेतलाई काठमाडौं कलंकीबाट १५ भदौमा पक्राउ गरेको थियो ।

प्रहरीले उनीहरुका साथबाट ५ थान मोबाइल, सुनको जस्तो देखिने बुट्टेदार बाला १ थान, को.१७ प.६१४३ नम्बरको यामाहा मोटरसाईकल र रु. ५४ हजार ६०० पनि बरामद गरेको छ ।

धनकुटा सिधुवाबजारका सुनचाँदी व्यावसायीले अपरिचित व्यक्तिहरुले नक्कली सुनको बाला देखाई आफूबाट ४० हजार रुपैयाँमा लगेको भन्ने उजुरी गरेपछि प्रहरीले सुराकीका आधारमा उक्त गिरोहका सबैलाई पक्राउ गरेको हो ।

संतोष रुचाल, धनकुटा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>