खेलकुदबिहीबार, भाद्र १९, २०७१
पुलिस आर्मीसँग हार्यो
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मीले पुलिसलाई हराएको हो । पुलिसविरुद्ध दुई गोल गर्दै आर्मीले खेल जित्यो ।
दुई–शुन्यले खेल जितेको आर्मीका नवयुग श्रेष्ठले ३३ औं मिनेट र ७२ औं मिनेटमा दीपक गुरुङ्गले गोल गरे ।
प्रतियोगितामा पुलिसको कमजोर प्रदर्शन रहयो । पुलिसले पाएका केही राम्रो मौका गुमाएको थियो ।
जितसँगै आर्मी प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
प्रतियोगिताअन्तर्गत २० भदौमा संकटा क्लब र मोरङ युवा क्लबबीच खेल हुनेछ । अखिल नेपाल फूटबल संघ ९एन्फा०ले आयोजना गरेको प्रतियोगिता २५ भदौसम्म चल्नेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
