Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पुरुषमा निसन्तान समस्या - Himalkhabar.com

टिप्पणीशुक्रबार, भाद्र २०, २०७१

पुरुषमा निसन्तान समस्या

डा. सुमनराज ताम्राकार

हाम्रो परिप्रेक्ष्यमा विवाहको एक–दुई वर्षसम्म पनि गर्भ रहेन भने निसन्तान भएको हो कि भनेर शंका गरिन्छ। बच्चा चाहने पत्नीको उमेर ३५ र पति ४० वर्ष नाघेका छन् र ६ महीनासम्ममा पनि गर्भ बसेन भने सम्बन्धित विषयका चिकित्सककहाँ जँचाउनुपर्छ।

प्राथमिक प्रकारको निसन्तान समस्यामा विवाह (यौनसम्पर्क) पछि कुनै गडबड भएको हुनसक्छ भने दोस्रो प्रकारको समस्यामा विवाह अगाडि नै समस्या आइसकेको हुन्छ। यस्तो समस्या करीब १० प्रतिशत दम्पतीमा हुन्छ। गर्भ नबस्नुको ३० देखि ४० प्रतिशत कारण पुरुषमा रहेको खराबी पाइएको छ। यसैगरी, १० प्रतिशत दुवैमा खराबी जिम्मेवार रहेको हुन्छ भने बाँकी १० प्रतिशतमा कारण पत्ता लाग्दैन।

जाँच र उपचार

पुरुषहरूमा उमेर, विवाहको समय, धूम्रपान–मद्यपान, यौनरोग, हाडे, मधुमेह, अण्डकोष वरिपरि देखिने समस्या, पहिलेका कुनै शल्यक्रिया, लामो समयसम्म तापमा बसी गर्नुपर्ने पेशाले सन्तान हुने वा नहुने कुरालाई प्रभावित पार्छ। शुक्रकीटको बनावट, बनिसकेको वीर्य बाहिर आउँदा र वीर्य स्खलन हुँदाका समस्या निसन्तानका पुरुषजन्य प्रमुख कारण हुन्। पहिले विवाह गरिसकेको वा बच्चा पाएको कुराले पनि पछिको गर्भ प्रक्रियामा असर पार्छ। यसैगरी, यौन सम्पर्कका दौरान यौनाङ्गको अवस्था वा सही ठाउँमा वीर्य स्खलन हुने, नहुने कुरा पनि गर्भधारणसँग सम्बन्धित हुन्छ।

अण्डकोषमा अण्डाशय नर्झ्दा, अण्डकोष सुन्निंदा, वंशाणुगत वा कतिपय औषधि तथा इन्डोक्राइन (अन्तश्राव) ग्रन्थिको खराबीले शुक्रकीट बन्न अप्ठ्यारो पर्छ। त्यसैगरी शुक्रकीटवाहिनी नली नै नहुने, शुक्रकीटको चाल ढिलो हुने एवं संक्रमण तथा चोटका कारणले शुक्रकीटवाहिनी नली थुनिन सक्छ। लिङ्ग पूरा उत्तेजित नहुँदा, शीघ्र स्खलन हुँदा र पिसाब खुल्ने प्वाल ठीक ठाउँमा हुँदा योनीको सही ठाउँमा वीर्य जम्मा हुन पाउँदैन।

निसन्तानका पुरुषजन्य कारण थाहा पाउन सबभन्दा पहिले यौनाङ्ग पूर्ण रूपमा उत्तेजित हुन्छ/हुँदैन भनेर जाँचिन्छ। त्यसपछि, तीन दिनसम्म सहवास नगरेको वीर्य जँचाउनुपर्छ। वीर्य जाँचमा शुक्रकीटको संख्या, बनावट, त्यसको चाल र कुनै संक्रमण छ/छैन भनेर हेरिन्छ। कतिपय पुरुषको रगतमा अन्य हर्मोन (शुक्रकीट उत्पादन तथा परिपक्व बनाउन मद्दत गर्ने), अण्डकोष तथा वरिपरिको भिडियो एक्सरे, अण्डाशयबाट थोरै मासु निकालेर वायोप्सी वा सियो हालेर गरिने कोषको परीक्षण र वंशाणुबारे पनि जाँच गर्नुपर्ने हुन सक्छ।

बढी शारीरिक तौल, धूम्रपान–मद्यपान र यौनाङ्ग वरिपरि बढ्ता न्यानो हुने वा कसिलो कपडा गुणस्तरीय वीर्यका लागि प्रतिकूल हुन्छ। लगातारको यौन सम्पर्कबाट वीर्यको गुणस्तर घट्ने हुनाले निसन्तानको समस्या भएकाहरूले मासिक श्रावको उर्वरा समय ख्याल राखी सम्पर्क गर्नुपर्छ। त्यस्तो समय ठ्याक्कै थाहा पाउन भित्तेपात्रोमा चिनो लगाइराख्नुपर्छ। अण्डकोषमा पानी भरिने हाइड्रोसिल तथा हर्नियाका कारण गर्भधारणमा समस्या परेको रहेछ भने त्यसलाई सामान्य शल्यक्रियाबाट हल गर्न सकिन्छ।

हर्मोनको उतारचढावले शुक्रकीट उत्पादन प्रक्रियामा असर पार्छ। जनेन्द्रिय तथा वीर्यमा संक्रमणको छनक देखियो भने तुरुन्त चिकित्सकलाई भेट्नु बुद्धिमानी हुन्छ। दुई मिलिलीटर भन्दा बढी र कम्तीमा दुई करोड प्रतिमिलि शुक्रकीट भएको वीर्यलाई स्वस्थ मानिन्छ। त्यसैगरी शुक्रकीटको चाल ५० प्रतिशत भन्दा बढी सक्रिय भएको र कुनै पीप वा श्वेत रक्तकोष नभएको तथा संक्रमण नभएको हुनुपर्छ।

भिटामिन ई, सी र बी १२ तथा फोलिक एसिडयुक्त खानेकुराले शुक्रकीट बन्न मद्दत गर्छ। कम शुक्रकीट भएको वीर्यलाई कृत्रिम तरीकाले निकालेर सरसफाइपछि क्याथेटर पाइपबाट पाठेघरमा राख्न सकिन्छ। अपरिपक्व शुक्रकीटलाई पनि विशेष उपचारपछि महिलाले उत्पादन गरेको डिम्बभित्र छिराई कृत्रिम गर्भाधानको लागि इन्ट्रा साइटोप्लाज्मिक स्पर्म इन्जेक्शन (इक्सी) गर्न सकिन्छ। वीर्यमा शुक्रकीट छँदै छैन भने चाहिं दम्पतीले धर्मपुत्र/पुत्री पाल्ने वा अरूको वीर्य प्रयोग गर्ने विकल्प रोज्न सक्छन्।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>