रमझमशुक्रबार, भाद्र २०, २०७१

मणिपुरकी फाइटर मेरी कोम

हिमालखबर

बक्सिंग च्याम्यिन भारत मणिपुर की युवती मेरी कोम आफ्नो गाउँमा दुई जुम्ल्याहा बच्चा स्याहार्न ब्यस्त छे ।

गुजाराका लागि काम माग्न जाँदा सरकारी अधिकारीबाट प्रहरी हवलदारको प्रस्ताव गरिएपछि ऊ आक्रोशित हुन्छे ।

मेरीले आफ्ना उपलब्धिका फाइलहरु जतन गरेर राख्दै गर्दा उसकोे एउटा बच्चा रुन थाल्छ । उसको तस्वीर छापिएको अखबारमा बच्चाले सु गरिदिन्छ । अखबारसँगै आफ्नो करियर पनि काम नलाग्ने भएकोे महशुस गर्छे मेरी ।

तर, फिल्ममा बच्चाको रोग र बाबुको आक्रोशलाई जबरजस्ती बक्सिंग रिंगमा मेरीको हार र जीतसँग जोडिएको छ ।

फिल्ममा मेरी एक महिला । एक बक्सर । ऊ रिंगमा बक्सिंग खेल्छे, पानी पुरी खाँदै प्रेम गर्छे र कोचको इच्छा विरुद्ध विवाह गर्छे । जिद्दी मेरी बच्चा जन्माएपछि फेरि रिंगमा फर्किन्छे ।

यो सबै कथा जोड्दा जोड्दै फिल्म ‘मेरी कोम’को कथा सुस्त भएको छ । ऊ बक्सिंग रिंगमा भएका बेला वा कोचसँग अभ्यास गर्दा मात्रै कथामा गति महशुस हुन्छ ।

तर पनि औषत बलिउड फिल्म भन्दा उम्दा भन्न सकिन्छ ‘मेरी कोम’लाई । फिल्ममा प्रियंका चोपडा मेरी कोम जस्तै नदेखिए पनि उनको अभिनय जोडदार छ ।

प्रियंकाले स्कुलकी झगडालु केटी, भावुक छोरी, शक्तिशाली बक्सर र मायालु श्रीमतीको अभिनयमा न्याय गरेकी छन् ।

प्रियंकाको कोचका रुपमा नेपाली अभिनेता सुनिल थापाको अभिनय निकै राम्रो छ । खुइलिएको टाउको, फ्रेन्चकट दाह्री र बुढो तर, तन्किएको शरीरमा सुनिलको अभिनय उम्दा छ । उनले बलिउडमा धेरै सम्भावनाका साथ उत्कृष्ट वापसी गरेका छन् ।

खेलका बेला बज्ने केही गीत भने जबरजस्ती घुसाइएको जस्तो लाग्छ ।

‘मेरी कोम’ उत्कृष्ट खेलाडी माथि बनाइएको औषतभन्दा केही राम्रो फिल्म हो । छरिएको कथा र स्क्रिनप्लेले फिल्मलाई केही कमजोर भने बनाएको छ ।

फिल्मको लोकेशन र ब्याकग्राउन्ड स्कोरमा पूर्वोत्तर भारतको झलक देखिन्छ । ओमंग कुमारको निर्देशन राम्रै छ ।

मेरी कोम भारतको पूर्वोत्तर राज्य मणिपुरकी खेलाडी हुन् जहाँ पछिल्लो ५० वर्षदेखि पृथकतावादी आन्दोलन जारी छ । उनी र इरोम शर्मिला (अनशनरत अधिकारवादी) राज्यका सबैभन्दा चर्चित अनुहार हुन् । तर फिल्मले मणिपुरको राजनीतिलाई भने छुँदैन ।

करिब दुई घंटाको फिल्म प्रेरणादायी छ । मेरी कोमको असली जिन्दगीभन्दा फिल्ममा धेरै फेरवदल गरिएको छैन ।

यद्दपी ५ पटककी वर्ल्ड अमेच्योर बक्सिङ च्याम्पियन रहिसकेकी र इम्फालमा फाइट क्लब चलाउने ३१ वर्षीया मेरी कोमको जीवनमा अझै धेरै फिल्महरु बन्न सक्ने सम्भावना छन् ।

समग्रमा भन्नु पर्दा फिल्मले दुईघण्टासम्म दर्शकलाई बाँधिराख्न सफल छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>