Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
अझै मेगापिक्सेल मिथक - Himalkhabar.com

रमझमशनिबार, भाद्र २१, २०७१

अझै मेगापिक्सेल मिथक

हिमालखबर

काठमाडौं, बानेश्वरमा इलेक्ट्रोनिक पसल चलाइरहेका भरत शर्मा मोबाइल फोन र स्टील क्यामेरा खोज्ने प्रायःजसो ग्राहकले पहिले मूल्य र त्यसपछि कति मेगापिक्सेलको क्यामेरा हो भनेर सोध्ने बताउँछन्। नेपालमा मात्र होइन, विश्वभरकै उपभोक्ता धेरै मेगापिक्सेल खोज्छन्।

यसले मोबाइल फोन र क्यामेरा उत्पादकहरूबीच मेगापिक्सेल युद्ध जारी रहेको देखाउँछ– अनुसन्धानहरूले मेगापिक्सेलले तस्वीरको गुणस्तरमा फरक नपार्ने हुनाले प्रयोगकर्ताले यसको पछिलाग्नु हुँदैन भने पनि।

स्कूल अफ क्रियटिभ कम्युनिकेशनका क्रियटिभ डाइरेक्टर दीपेन्द्र बज्राचार्य व्यावसायिक फोटोग्राफर र फोटोग्राफी ट्रेनर पनि हुन्। धेरैजसो प्रशिक्षार्थीले मेगापिक्सेलको महत्वबारे प्रश्न गर्ने गरेको उनी बताउँछन्।

त्यस्तो प्रश्नमा बज्राचार्य ‘कुन कामका लागि हो, त्यसले निर्धारण गर्छ’ भन्ने जवाफ दिन्छन्। उनका अनुसार, कम्प्युटर मनिटरमा हेर्न तस्वीर खिच्ने हो भने तीन मेगापिक्सेलको क्यामेरा काफी हुन्छ।

मेगापिक्सेल भनेको एउटा तस्वीरमा हुने एक करोड रंगीन विन्दु हो। धेरै मेगापिक्सेलको क्यामेराले खिचेको फोटो धेरै सार्प हुनुपर्ने हो, तर सधैं त्यस्तो हुँदैन। १८ मेगापिक्सेलको सानो स्टील क्यामेराले खिचेको तस्वीरभन्दा ५–८ मेगापिक्सेलको डीएसएलआर क्यामेराले खिचेको तस्वीर धेरै राम्रो देखिन्छ।

मोबाइलमा पनि ५ मेगापिक्सेलको क्यामेरा भएको मोबाइलले १३ मेगापिक्सेलको क्यामेरा भएको मोबाइलको भन्दा राम्रो तस्वीर खिचेको हामीले देखेकै हौं। यसले धेरै मेगापिक्सेलले राम्रो तस्वीर खिच्छ भन्ने कुरा भ्रम मात्रै भएको बताउँछ।

एस डिजाइन्सका ग्राफिक डिजाइनर सन्दिप श्रेष्ठका अनुसार, तस्वीरलाई मेगापिक्सेलले हैन, सिर्जनात्मकताले राम्रो बनाउँछ। तस्वीरलाई सिर्जनात्मकता दिने काम चाहिं क्यामेराको सेन्सरको आकार र लेन्सले गर्छ। तस्वीरको गुणस्तरमा एंगल र प्रकाशको बढी महत्व हुन्छ।

तस्वीरको गुणस्तर डट पर इन्च (एक इन्चमा कति विन्दुहरू छन्) भन्ने इकाइमा नापिन्छ। “अर्थात्, तस्वीरकोे गुणस्तरमा सबभन्दा महत्वपूर्ण कुरा सेन्सरको आकार हो”, दीपेन्द्र बज्राचार्य भन्छन्।

क्यामेराको लेन्सभित्र ऐना र त्यसको पनि भित्रपट्टि सेन्सर हुन्छ। सेन्सर नामक त्यही पातलो सतहमा तस्वीर बन्छ। सेन्सरको आकार जति ठूलो भयो तस्वीरको गुणस्तर त्यति राम्रो हुन्छ– सानो पानामा भन्दा ठूलो पानामा बनाएको चित्र बढी राम्रो देखिए जस्तै।

सेन्सर भनेको त्यस्तो प्रकाश संवेदनशील भाग हो, जसले लेन्स मार्फत आएको सूचनालाई भण्डारण गर्छ। जति ठूलो सेन्सर भयो त्यति नै धेरै सूचना भण्डारण हुन्छ अनि तस्वीर गुणस्तरीय देखिन्छ।

मोबाइल फोनमा सबभन्दा ठूलो सेन्सर भएको क्यामेरा नोकियाको ८०८ मा हुन्छ। त्यसमा १०.६७ह८ मिलिमीटरको सेन्सर हुन्छ। त्यसैगरी, एचटीसी वान र आइफोन फाइभ एसमा पनि ठूलो आकारको सेन्सर हुन्छ।

केही साना आकारका मोबाइलमा डटपेनको टुप्पो जत्रो सेन्सर हुने भएकाले धेरै मेगापिक्सेलको भए पनि त्यसले खिचेका तस्वीर त्यति राम्रो हुँदैन।

फोटोग्राफी मन पराउने भक्तपुरका सविन सिं मेगापिक्सेललाई क्यामेरा र तस्वीरको गुणस्तरको पहिलो मानक मान्नु बेठीक हुने बताउँछन्। उनको भनाइमा, ठूलो ठूलो होर्डिङ बोर्ड प्रिन्ट गर्नुपर्ने तस्वीर भए मात्रै धेरै मेगापिक्सेल हेर्नुपर्छ।

धेरै मेगापिक्सेलका क्यामेराका लागि बढी पैसा तिर्नुपर्छ। धेरै मेगापिक्सेल भयो भने त्यस मार्फत खिचिने तस्वीरले मेमोरी कार्ड र कम्प्युटरको हार्डडिस्कमा धेरै स्पेस ओगट्छ। त्यसकारण क्यामेरा किन्दा सेन्सर साइज र लेन्सलाई बढी महत्व दिनुहोस्।

मेगापिक्सेल बिल्कुलै काम नलाग्ने चाहिं होइन। खिचेको फोटो कत्रो साइजमा प्रिन्ट गर्ने या कहाँ हेर्ने भन्ने कुराले यसमा फरक पार्छ।

कम्प्युटर स्त्रि्कनमा फोटो हेर्न या भित्तामा झुन्ड्याउने वा अल्बममा राख्ने फोटोका लागि धेरै मेगापिक्सेलको क्यामेरा चाहिंदैन। क्रप अर्थात् आवश्यकता अनुसार ब्याकग्राउण्ड काटेर फाल्ने तस्वीरका लागि मेगापिक्सेलको फाइदा हुन्छ।

जस्तो, एउटा सामूहिक तस्वीरमा तपाईंको अनुहारले १० प्रतिशत ठाउँ ओगटेको छ। तपाईंलाई त्यसबाट आफ्नो मात्रै फोटो निकाल्नु छ भने, धेरै मेगापिक्सेलको क्यामेराले खिचिएको तस्वीर भए सजिलो र राम्रो हुन्छ।
गणेश आचार्य

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>