Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कलाकार संघमा कांग्रेस र माओवादीको लडाईं - Himalkhabar.com

रमझमसोमबार, आश्विन १५, २०६९

कलाकार संघमा कांग्रेस र माओवादीको लडाईं

Rishiram Kattel

काँग्रेस नेता कृष्ण सीटौलाका साथ कलाकार संघका उम्मेद्वार

एमाओवादी पक्षबाट नवल खड्का र नेपाली कांगे्रसबाट सविन बाँस्तोला मैदानमा उत्रेका छन् ।

यसका केही पदाधिकारीले संघलाई राजनीतिक संगठन जस्तो बनाएको आरोप लागिरहेका बेला कलाकारहरुको निकै प्रतिष्ठित मानिएको यो संस्थामा अध्यक्षमा माओवादी र कांग्रेसी कलाकारबीच प्रतिष्पर्धा हुँदैछ । अध्यक्षका लागि नवल खड्काले १० असोजमा उम्मेदवारी घोषणा गरेका थिए भने गिरधारी बाँस्तोला (सविन)ले १४ असोजमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका छन् ।

नवलले माओवादी पक्षबाट उम्मेदवारी दिएका हुन् भने सविनले कांग्रेसबाट । नवल समूहबाट अन्य उम्मेदवारमा रामकेशर बोगटी उपाध्यक्षमा र सचिवमा उत्तम केसी छन् भने सविन समूहबाट उपाध्यक्षमा कांग्रेस निकट चेतबहादुर सिंह राजाले उम्मेदवारी घोषणा गरेका छन् । नवलले आफूलाई माओवादी पक्षको भएको स्वीकार नगरे पनि सविनले भने आफू डेमोक्रेट पक्षको भएको बताए । उपाध्यक्ष चेत बहादुरले माओवादी पक्ष हावी भएकाले डेमोक्रेटको पक्षबाट उम्मेदवारी दिएको बताए ।

कार्यक्रममा कांग्रेसको भगिनी संस्था सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापा अध्यक्ष प्रमुख अथितिको रुपमा बोलाइएको थियो तर उनी उपस्थित भएनन् । संघका वर्तमान कार्यसमितिका उपाध्यक्ष मोहन निरौलाले विशुद्ध कलाकारको पेशागत संगठनमा कलाकार कलाकारबीच प्रतिष्पर्धा नभई पार्टीका हिसाबमा प्रतिष्पर्धा हुनु दुखद भएको बताए । उनले भने ‘कलाकार संघमा भएको यस्तो लडाईंले भोलि पक्कै राम्रो हुन्छ जस्तो लाग्दैन ।’

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>