रमझमशनिबार, भाद्र २१, २०७१
मरणोपरान्त अल्बम

अन्तिम स्वरः बायाँबाट क्रमशः हरि लम्साल, बिसु केसी, रत्नशमशेर थापा, शम्भुजीत बाँस्कोटा र प्रेमध्वज प्रधान।
नेपाल प्रज्ञा–प्रतिष्ठानमा ८ भदौमा आयोजित अल्बम लोकार्पण कार्यक्रममा गीतकार रत्नशम्शेर थापाले नेपाली गीत–संगीत क्षेत्रका लागि फत्तेमानको यो महत्वपूर्ण उपहार भएको बताए।
अल्बमको थापा सहित नीर शाह, गायक प्रेमध्वज प्रधान, दीप श्रेष्ठ, संगीतकार शम्भुजित बाँस्कोटा, आलोकश्री र गीतकार केसीका आमाबुबाले संयुक्त रुपमा लोकार्पण गरेका थिए।
अल्बमको के ल्यायौ र.. बोलको गीतको म्युजिक भिडियो कार्यक्रममा प्रदर्शन गरिएको थियो। सो म्युजिनक भिडियोमा वरिष्ठ कलाकार निर शाहको जीवन्त अभिनय रहेको छ।
अल्बमका गीतकार केसीको ‘लुकीछिपी…’, ‘आफ्नो मन आफैंसँग…’ बोलका गीत चर्चित छन् भने लम्सालले यसअघि ३० भन्दा बढी अल्बममा एकल संगीत भरिसकेका छन्।
उनको संगीतमा रहेको ‘पानीको फोका जस्तै….’ बोलको गीत लोकप्रिय रहेको छ। संगीतकार लम्सालले गायक फत्तेमान जीवित छँदै अल्बम लोकार्पण गर्ने धोको अधुरै रहेको बताए।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
