खेलकुदआइतबार, भाद्र २२, २०७१

झापा फाइनलमा

हिमालखबर

दीपेन्द्र सापकोटा, काठमाडौं

राजधानीमा जारी एन्फा नकआउट फूटबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफलाई हराउँदै झापा फूटबल क्लब फाइनलमा पुगेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा २२ भदौमा भएको सेमिफाइनलमा झापाले एपीएफलाई २–० ले हरायो ।

झापालाई फाइलनमा पुर्‍याउने क्रममा कर्ण लिम्बूले दुई गोल गरे । खेलको २२ औं मिनेटमा गोल गरेका उनले ८५ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गरे ।

हारसँगै एपीएफ प्रतियोगिताबाट बाहिरिएको छ । २३ भदौमा हुने सेमिफाइनलमा नेपाल आर्मी र संकटा क्लब भिड्दैछन् ।

अखिल नेपाल फूटबल संघ (एन्फा)ले आयोजना गरेको प्रतियोगिता २५ भदौसम्म चल्नेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>