रमझममंगलबार, भाद्र २४, २०७१

मित्रता र प्रेमको उत्सव

हिमालखबर

-अनुशील

साथीहरुबीचको मित्रता, पारिवारिक सम्बन्ध र तन्नेरी चाहनाहरुको ‘कलरफुल स्केच’ का रुपमा दर्शकमाझ आएको छ, फिल्म उत्सव। प्रोमो र पोस्टरहरुबाटै युवा ध्यान खिच्न सफल यो फिल्म उमा, दासढुंगा, मेरो लभस्टोरी आचार्य सिनेमाका स्क्रिप्ट लेखक र सहायक निर्देशक कुमार भट्टराईको डेब्यु फिल्म हो। उनी आशालाग्दो निर्देशकका रुपमा देखा परेका छन्।

मित्रता र पारिवारिक जीवनको उतारचढावमा केन्द्रित यो फिल्म हेर्दा दर्शकलाई आफ्नो कलेज लाइफ र मन मिल्ने साथीहरुसँग विताएका पलहरुको याद आउँछ। राम्रो लोकेशनमा पुरुषोत्तम प्रधानको सुन्दर सिनेमाटोग्राफी, सनुप पौडेल र सुरेश राईको मीठो संगीतले फिल्मलाई आकर्षक बनाएको छ।

कतिपय ठाउँमा अनावश्यक तन्किएको आभास हुने फिल्मको संवाद कसिलो छ। पाँच मित्रका रुपमा सौगात मल्ल, मेनुका प्रधान, गौरव पहारी, प्रकृति श्रेष्ठ र सञ्जोग कोइराला जमेका छन्। फिल्म मुखौटा मा खस्केका सौगात यसमा जमेका छन्।

मेकिङको हिसाबले राम्रो यो फिल्मको कथा–पटकथा कहीं म्युजिकल हिन्दी फिल्म रक अन को जस्तो त कतै दाजुभाइ र सौतेनी आमाको प्रसङ्ग रहेको उडान मासुम को समायोजन जस्तो लाग्छ।

जीवनका राम्रा पक्षहरु देखाएर सकारात्मक सन्देश दिन खोजेको फिल्मले समयक्रमसँगै बदलिने मित्रताको रुप चित्रणसँगै युवामाझको संगीत आकर्षण र अस्वस्थ प्रतिस्पर्धालाई प्रस्तुत गरेको छ। शेखर कोइरालाले निर्माण गरेको उत्सव हेरेपछि पैसा खेर गए जस्तो लाग्दैन।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>