खेलकुदमंगलबार, भाद्र २४, २०७१

नेपालले कुवेतलाई हरायो, क्वार्टरफाइनल नजिक

हिमालखबर

तस्वीर साभार: गोल नेपाल डट कम

थाइल्याण्डको मुवाङथोङ रंगशालामा २४ भदौ दिउँसो भएको खेलमा नेपालले खेलको दोस्रो मिनटमै पहिलो गोल गरेको थियो ।

पहिलो हाफको दोस्रो मिनटमा अन्जन बिष्टले हानेको किक कुबेतका खेलाडीको खुट्टामा लागेर आत्मघाती गोल पुगेको थियो । त्यसपछि खेलको ७५ औं मिनटमा कुवेतले पाएको पेनाल्टीको सदुपयोग गर्दै खेललाई १–१ को बराबरीमा पुर्‍यायो ।

पहिलो खेलमा प्रतिबन्धका कारण बेञ्चमा बसेका कप्तान बिमल घर्ती मगरले खेलमा राम्रो प्रदर्शन गरे ।

कुवेती खेलाडीले नेपालका अन्जन विष्टलाई लडाएपछि  ८१ औ‌ मिनटमा पाएको पेनाल्टीलाई विमल घर्ती मगरले गोलमा परिणत गर्दै नेपाललाई २–१ को अग्रता दिलाए । यही गोल नै नेपालका लागि निर्णायक गोल सावित भयो ।

कुबेतलाई हराएर ४ अंक बटुलेको नेपाल अब क्वार्टर फाइनलको नजिक पुगेको छ । यसअघि उजबेक्स्तिानसँग नेपालले १–१ को बराबरी खेलेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>